Top Ad unit 728 × 90

a
Ad Inside Post

कुकुर पाल्न सौखिन थिए राजा वीरेन्द्र

आफ्नो अपराध अनुसन्धान क्षमतालाई थप सुदृढ बनाउन नेपाल प्रहरीले संयुक्त राज्य अमेरिकाबाट तीक्ष्ण सुँघ्ने क्षमता भएका कुकुर ल्याउन लागेको अधिकारीहरूले बताएका छन्।
नेपाल प्रहरी कुकुर तालिम स्कुलले ‘ब्लडहाउन्ड’ र ‘बेल्जियन सेफर्ड’ प्रजातिका ६ वटा कुकुर ल्याउने प्रकिया अघि बढाइएको जानकारी दिएको छ।
हाल नेपाल प्रहरीसँग अपराध अनुसन्धान लगायत अन्य सुरक्षा गतिविधिमा मद्दत गर्न ७१ वटा तालिम प्राप्त कुकुर रहेका छन्।
नयाँ प्रजातिको कुकुरको आगमनसँगै प्रहरीको अपराध अनुसन्धान क्षमतामा वृद्धि हुने प्रहरी अधिकारीहरूले अपेक्षा गरेका छन्।
प्रहरीका कुकुरलाई रेखदेख गर्ने र तालिम दिने निकायकी प्रमुख रहेकी प्रहरी उपरीक्षक देउती गुरुङका अनुसार अमेरिकी सरकारले नेपाल प्रहरीलाई अपराध अनुसन्धानमा कुकुरको प्रयोग सम्बन्धी तालिमसहित तीन वटा ब्लडहाउन्ड प्रजातिका कुकुर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
उनी भन्छिन्, ‘अहिले हामीले प्रयोग गर्दै आएको जर्मन सेफर्ड प्रजातिका कुकुरहरुले २४ घण्टासम्मको पुरानो गन्ध लिन्छ भने ब्लडहाउन्डले चाहिँ ९६ घण्टासम्मको पुरानो गन्ध पनि लिएर अपराधीहरु पत्ता लगाउने काम गर्छ।’
ब्लडहाउन्ड अमेरिका लगायतका विकसित देशहरूमा अपराध अनुसन्धानमा प्रयोग गर्ने गरिएको एकदमै चनाखो प्रजातीको कुकुर भएको गुरुङ् बताउँछिन्।
यसबाहेक ‘बेल्जियन सेफर्ड’ भनिने अर्को प्रजातिको कुकुर खरिदका लागि केन्द्रीय अनुसन्धान ब्युरोले प्रक्रिया अघि बढाएको छ।
युरोप वा अमेरिकाबाटै खरिद गर्नुपर्ने उक्त प्रजातिको कुकुर खरिद गरी स्वास्थ्य जाँच लगायतका प्रकिया पूरा गरी त्यसलाई नेपालसम्म ल्याउनका लागि करिब १० लाख रुपियाँसम्म खर्च हुनसक्ने ठानिएको छ।
उनका अनुसार उक्त प्राजातिको एउटा कुकुरको खरिद मूल्य झण्डै पाँच लाख रुपैयाँ पर्ने गर्छ। हाल नेपाल प्रहरीसँग जर्मन सेफर्ड, ल्याब्रडोर, गोल्डेन रिट्रिभर र कोकोर स्पानियल गरी चार प्रजातिका ७१ वटा कुकुरहरू रहेका छन्।
विशिष्ट व्यक्तिहरुको सवारी, लागुऔषध जाँच, विपदका क्रममा खोजी तथा उद्धार र अपराध अनुसन्धानमा ती कुकुर प्रयोग गरिने अधिकारीहरू बताउँछन्।
एकदमै तीक्ष्ण सुँघ्ने क्षमता भएका र बुद्धिमान प्रजातिका कुकुरहरु खरिद गरी उनीहरूलाई विशेष प्रकारका तालिम दिएर अनुसन्धानमा प्रयोग गरिने गरिएको प्रहरी अधिकारी बताउँछन्।
छ महिनाको उमेर पुगेपछि कुकुरलाई तालिम दिन सुरू गरिने र एउटा कुकुरले सरदर सात-आठ वर्षसम्म काम गरिरहने प्रहरी अधिकारी बताउँछन्।

कुकुर पाल्न सौखिन थिए राजा वीरेन्द्र Reviewed by a on 2:13 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.