Top Ad unit 728 × 90

a
Ad Inside Post

पायल्सका रोगीले यसकारण खानुपर्छ मूला

एजेन्सी- तपाईं कत्तिको मूला खानुहुन्छ ? मूलाले सलादका अतिरिक्त औषधिको पनि काम गर्छ । विज्ञहरुका अनुसार पायल्सको उपचारका लागि मुला नम्बर एक औषधि मान्न सकिन्छ । मूलाले पायल्स निको पार्ने क्षमता राख्छ । लाखौं मानिस पायल्स रोगबाट पीडित भइरहेका हुन्छन् । यसबाट मुक्ति पाउन पनि बिरामीले विभिन्न उपचार माध्यम खोजिरहेका हुन्छन् । तर धेरैलाई घरमा सहजै पाइने मूलाका बारेमा थाहा नहुन सक्छ ।
मूलामा प्रशस्त मात्रामा घुलनशिल रेशा हुन्छन् जसले पाचन प्रणालीलाई सहयोग गर्छ र शौच प्रक्रियालाई सजिलो बनाउँछ । यसमा पाइने एक प्रकारको तेलले पायल्सको बेला हुने दुखाई र पीडा कम गर्छ ।
कसरी प्रयोग गर्ने ?
मह मिसाएर– पायल्सका लागि सेतो रंगको मूला बढी प्रयोग गर्न सकिन्छ । सय ग्राम मूलाको टुक्रालाई एक चम्चा महसँग मिलाई दिनमा दुईपटक खानुहोस । यसले कब्जियतबाट पनि छुट्कारा पाउन सकिन्छ ।
रस बनाएर– यदि तपाईंलाई मूला खान रुची लाग्दैन भने एक गिलास जुस बनाई त्यसमा अलिकति नुन मिसाएर हरेक दिन दुईपटक पिउनुहोस् । यसको असर तत्कालै देखिन्छ ।
दुध मिसाएर– सेतो मूलालाई पिनेर त्यसमा थोरै दुध मिलाउनुहोस् यसलाई मलद्धार वा संक्रमित स्थानमा लगाउदा आराम मिल्छ ।
पाउडर बनाएर– मूलाका केही पात धोएर छाँयामा सुकाई पाउडर बनाउनुहोस् । ४० दिनसम्म दिनको एकपटक यो धुलो खानुहोस् यसले पायल्स निको पार्छ ।

पायल्सका रोगीले यसकारण खानुपर्छ मूला Reviewed by a on 6:11 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.