Top Ad unit 728 × 90

a
Ad Inside Post

महिला साफ २०१६: नेपालविरुद्ध माल्दिभ्स : प्रत्यक्ष अपडेट नेपाल ०-० माल्दिभ्स

चौथो महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज दोस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ । खेलको प्रत्यक्ष अपडेट यहाँ पाउन सक्नुहुनेछ । कृपया अपडेडका लागि पेज रिफ्रेस गर्दै गर्नुहोला ।
सुरुआती ११
नेपाल: नमिता ( किपर), गिता राना, पुनम जर्झा मगर, हिरा कुमारी भुर्तेल, सबित्रा भण्डारी, अनिता बस्नेत, अन्चली वाईवा, रेनुका नगरकोटी (कप्तान), दिपा राई, शर्मिला थापा, मन्जली कुमारी योन्जन
माल्दिभ्स: आइशाथ(किपर), माहिना, आमिनाथ, हनिफा, ईब्राहिम ,रिफा,शाहुला, शामिला, मिर्फात, समा, थिबा
३३’– मिनेटमा माल्दिभ्सकी रक्षक आमिनाथ  घाइते, उपचार हुँदै
– सावित्राले भुटानविरुद्ध २२ मिनेटमा ह्याट्रिक पुरा गरेकी थिइन् । आज २८ मिनेटमा दुई गोल गरेकी छिन्
२८’– दीपाले सेन्टरबाट दिएको पासलाई एक्लै अघि बढाउँदै सावित्राले पेनाल्टी बक्सको दायाँबाट प्रहार गरेको बल गोलमा परिणत
२८’– गोल…………………..नेपालको अर्को गोल । फेरी सावित्रा भण्डारीले गोल गरेकी छिन्
२५’– मन्जलीले झन्डै २५ यार्डबाट प्हार गरेको बल विपक्षी गोलकिपरले पन्च गरिन् । मन्जली चोटग्रस्त मनमाया लिम्बुको ठाँउमा खेलेकी हुन्
२४’– निर्मलाको थ्रो सावित्राले बल लिन अघि बढ्दा विपक्षी गोलकिपरले नियन्त्रणमा लिइन्
– के सावित्रा भण्डारीले आज पनि ह्याट्रिक गर्लिन, उनले भुटानविरुद्धको पहिलो खेलमा दोहोरो ह्याट्रिक गरेकी थिइन्
२०’– सावित्राको प्रहार विपक्षी खेलाडीले क्लियर गरेपछि नेपालले कर्नर पाएको छ
१७ ’– कुलिङ ब्रेक, दुवै टोली खेलाडी पानी पिउँदैछन्
– पेनाल्टी बक्स भित्र विपक्षी गोलकिपर अघि बढेको मौका छोप्दै उनलाई नघाएर सावित्रा भण्डारीले गोल गरेकी थिइन्
१५ ’– सावित्रा भण्डारीले अर्को गोल गरेपछि रेफ्रीले अफसाइड लिइन्
१२ ’– नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी छिन् । उनले भुटानविरुद्ध दोहोरो ह्याट्रिक गरेकी थिइन्
१२’– नेपालले गोल हानेको छ
१०’– माल्दिभ्सकी फतिमाले ड्रिबल गर्दै अघि बढाएको बल नेपाली रक्षक पुनमले क्लियर गरिन्
७’– नेपालले झन्डै ३० यार्डबाट फ्रिकिक पाएको थियो । फ्रिकिक माल्दिभ्स मानव पर्खालमा ठोक्किएर फर्कियो
७’– माल्दिभ्सविरुद्ध नेपाल हावी भएपनि गतिलो आक्रमण भएको छैन
१’– साफ च्याम्पियनसिपमा नेपाल र माल्दिभ्सबीचको खेल सुरु
– खेल सुरु हुनै लागेको छ
– नेपाली खेलाडी राष्ट्रिय गान गाउँदै
– फिफा धुन बजेको छ । नेपाल र माल्दिभ्स दुवै टोलीका खेलाडी मैदानमा प्रवेश गर्दैछन् ।
– साफ च्याम्पियनसिपका यसअघिका तीनै संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।
– साफ च्याम्पियनसिपका यसअघिका तीनै संस्करणमा नेपाल उपविजेता बनेर फर्केको थियो । यसपटक कस्तो नतिजा आउला ?
– नेपाल टोलीको वार्मअप सकियो । अब केही समयमा खेल सुरु हुनेछ ।
– पहिलो खेलमा सावित्रा भण्डारीले दोहोरो ह्याट्रिक गरेकी थिइन् ।
– कुमार थापाको प्रशिक्षणमा रहेको नेपाली टोलीले पहिलो खेलमा भुटानलाई ८–० ले हराएको थियो ।
– यसअघि साफ च्याम्पियनसिपमा नेपाल र माल्दिभ्सबीच दुई पटक भेट भइसकेको छ । दुवैपटक नेपाल विजयी भएको थियो ।
– मनमाया लिम्बुको ठाँउमा अन्चली वाइवालाई मौका दिइएको छ । मनमाया भुटानसँगको खेलमा घाइते भएकी थिइन् । त्यस्तै एन्जिलाको ठाँउमा नमिता कुमारी दलीलाई खेलाईएको छ ।

महिला साफ २०१६: नेपालविरुद्ध माल्दिभ्स : प्रत्यक्ष अपडेट नेपाल ०-० माल्दिभ्स Reviewed by a on 6:25 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.