खाना नपचेर हैरान हुनुहुन्छ ? यो उपाय अपनाउनुहोस् !
खानपिनमा सानो लापरवाहीले पनि पाचन प्रक्रिया गडबडिन्छ । पेटमा गडबडी हुनासाथ भोक नलाग्ने, भारीपन, छाती पोल्ने र शरीर सम्बन्धी विभिन्न समस्याहरू आउनसक्छन् । तर एउटा घरेलु उपायबाट पेट दुख्ने र गडबडी हुने समस्याबाट सहजै छुटकारा पाउन सकिन्छ । लौ, जानी राख्नुहोस् यी विधि जसले पेटको दुखाइ र समस्याबाट आराम दिन्छ :
सामग्री
२५० मिलिलिटर पानी ५ देखि ६ टुक्रा दालचिनी ८ चम्चा मरिच धूलो २ चम्चा मह
विधि
पानीमा दालचिनी राखेर उमाल्ने । अब यसमा मरिचको धूलो र मह मिसाउने । खाना खानुभन्दा ३० मिनेट अगाडि एक चम्चा यो मिश्रण पिउने । यसले पाचन प्रक्रियालाई राम्रो बनाउँछ । यो पिउँदा पनि पेट ठीक भएन भने चाहिँ चिकित्सकको सल्लाह लिनुपर्छ ।
खाना नपचेर हैरान हुनुहुन्छ ? यो उपाय अपनाउनुहोस् !
Reviewed by a
on
10:53 AM
Rating:
No comments: