पूर्व राजाले बुहारीलाई पनि नपत्याउँदा
काठमाडौं, १३ पुस । ‘छोरा बिग्रेपछि बुहारीको भर हुन्न’ भन्ने आममानसिकता नै रहेछ पूर्वराजा ज्ञानेन्द्र शाहमा पनि । लागुऔषधको कुलतमा पारिवारिक जिम्मेवारीबाट पछि हटेका छोरा पारस साथमा नरहे पनि बुहारी हिमानी र तिनका लालाबाला निर्मल निवासमै छन् ।
जनआस्था साप्ताहिक मा खबर छ– तर, ती बुहारप्रति पनि ज्ञानेन्द्रको उति धेरै भर नभएको बुझाउँछ, एउटा आर्थिक कारोबारले । आफ्नो सम्पत्तिबाट नाति हृदयेन्द्र, नातिनीहरु कीर्तिका र पूर्णिकाको नाममा विभिन्न ठाउँमा लगानी गरेका उनले संरक्षक तिनका बाबु–आमालाई बनाएका छैनन् । नेपालकै कानुनअनुसार पनि नाबालकमाथि पहिलो हक आमा र दोस्रो बाबुको लाग्छ ।
यस विपरित ज्ञानेन्द्रले पत्नी तथा उनीहरुकी हजुरआमा कोमललाई संरक्षक बनाएर गरेका छन् । त्रिपुरेश्वरका अनिलकुमार रुङ्गटा, वीरगञ्ज–७का विजयसिंह बैद्य, विराटनगर–५ का रमेशप्रसाद नेपाल, वीरगञ्ज–३ ठेगाना भएको न्यु एरा इन्भेष्टमेन्ट प्रालिका तर्फबाट अनुज क्याल र मञ्जुश्रीमार्ग, ६९, बत्तीसपुतली काठमाडौं ठेगानाका अजितनारायणसिंह थापाले कम्पनी दर्ता ऐन २०६३ को दफा १०७ सँग सम्बन्धित रहेर दर्तागरेको सिईडीबी हाइड्रो फण्डमा पूर्वराजा ज्ञानेन्द्रको राम्रै लगानी छ, नाति नातिनाका नाममा ।
ज्ञानेन्द्रले क्षेत्रपाटीका भुवनलाल सिंहको छोरा विप्लवमान सिंहसँग उक्त फण्डको ६ सय ३० कित्ता शेयर ६३ हजारमा ९ वर्षीय हृदयेन्द्र, १० वर्षीया पूर्णिका र ८ वर्षीया कीर्तिकाको नाममा खरिद गरेका हुन् ।
No comments: