अक्षय कुमारलाई दाजु बनाउन चाहन्थीन कट्रीना,किन कट्रीनाको दाजु बन्न राजी भएनन अक्षय
बलिउड एक्ट्रेस कट्रीना कैफको जोडी अभिनेता अक्षय कुमार संग फिल्ममा खुब सुहाएको देखीने गरेको छ ।संगै थुप्रै फिल्ममा काम गरी सकेका यि जोडीको बारेमा अर्को बास्तबिकता नायिका कट्रीनाले शेयर गरेकी छिन ।उनले अक्षयलाई आफ्नो दाजु बन्नको लागि प्रस्ताब गरे पनि अक्षयले स्वीकार नगरेको बताएकी छिन ।शिलाकी जवानी गितको शुटिङको ताका कट्रीनाले उनका धेरै दिदि बहीनी भए पनि दाजु भाई नभएकोले अक्षय लाई दाजु बन्न आग्रह गरेको बताएकी छिन ।अक्षय कट्रीनाको प्रस्ताबलाई सामान्य रुपमै टारी दिए ।कट्रीनाले अक्षयलाई जस्तै प्रस्ताब अर्का बलिउड अभिनेता अर्जुन कपुर समक्ष पनि राखेको तर उनले पनि उक्त प्रस्ताबलाई गम्भीरता पुर्बक नलिएको कट्रीना बताउ छिन ।एक टेलिभिजन कार्यक्रमको अन्तरबार्ताको क्रममा बलिउड अभिनेत्री कट्रीनाले उक्त कुराको खुलासा गरेकी हुन ।
अक्षय कुमारलाई दाजु बनाउन चाहन्थीन कट्रीना,किन कट्रीनाको दाजु बन्न राजी भएनन अक्षय
Reviewed by a
on
2:47 PM
Rating:
Reviewed by a
on
2:47 PM
Rating:
No comments: