Top Ad unit 728 × 90

a
Ad Inside Post

वास्तु शास्त्र: उपहारको रुपमा कहिल्यै नलिनुहोस् यी ८ वस्तु

जो कोही पनि उपहार पाएमा खुशी हुन्छौ । तर, के कहिल्यै सोच्नु भएको छ, उपहार दिनेवालाको नियत कस्तो छ भन्ने ? किनकी उपहार दिनेको नियतमा खराबी छ भने तपाईको खुशीमा ग्रहण लाग्न सक्छ ।
त्यसैले, यस्ता कुरामा पनि ध्यान दिन आवश्यक छ, कस्ता–कस्ता उपहार लिनु उचित र कस्ता लिनु अनुचित हुन्छ ? जान्नुहोस्, वास्तुशास्त्र अनुसार कुन–कुन चिज उपहारको रुपमा नलिने ।
हिंस्रक जनावर जस्तै सिंह, बाघ, चितुवा आदिको मूर्ति उपहारको रुपमा कहिल्यै नलिनुस्।
डुबिरहेको जहाजको मूर्ति वा तस्विर उपहारमा पाउनु वा घरमा राख्नु पनि अशुभ मानिन्छ । यसबाट आर्थिक नोक्सान हुन्छ ।
चक्कु, छुरी जस्ता औजार न कसैलाई उपहार दिन हुन्छ न त लिन नै । कसैबाट पाइहाले घरमा राख्न शुभ मानिँदैन । परिवारका सदस्यबीच कलह उत्पन्न हुन्छ ।
कालो रंगको वस्त्र कसैलाई पनि उपहार नदिउ । यसलाई दुःख, कष्ट र पिडाको प्रतिक मान्छि । त्यस्तै, विवाह भएको एक बर्षसम्म कालो रंगको कपडा लगाउँन पनि अशुभ हुन्छ ।
जुत्तालाई उपहारमा दिन वा लिन हुँदैन । वस्तुशास्त्रमा यसलाई विछोडको प्रतिक मानिएको छ ।
रुमाल दुखको प्रतिक हो । रुमाल उपहार आएमा जीवनमा दुःख प्रवेश गर्छ भन्ने विश्वास गरिन्छ ।
धेरै जसोले उपहारमा घडी दिने गरेको देखिन्छ । तर, घडी उपहारको रुपमा आएमा जीवनमा प्रगतिलाई रोक्नु मानिन्छ । तर सबै अवस्थामा यी उपहारले अशुभ भने गर्दैन। जीवनमा प्रत्यक्ष उपयोग हुने र लाभ लिन सकिने वस्तु उपहारको रुपमा लिदाँ वा दिँदा दिने र लिने दुवै खुसी हुन्छन्।

वास्तु शास्त्र: उपहारको रुपमा कहिल्यै नलिनुहोस् यी ८ वस्तु Reviewed by a on 3:01 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.