आध्यशक्ति दुर्गा र उहाँबाट जीवहरुमा पर्ने प्रत्यक्ष प्रभाव ::आज थाहा पाउनु होस
आनन्द अमृत, काठमाडौं । कलियुगमा दुर्गाको विशेष महत्व रहेको मानिन्छ । दुर्गा शक्तिको उत्पत्ति तथा उनको चरित्रहरुको वर्णन मार्कण्डेय पुराण अन्तर्गत देवी माहात्म्यमा गरिएको छ । यो माहात्म्य ’दुर्गा सप्तशती’ को नामले परिचित छ ।
दुर्गा सप्तशतीमा १३ अध्याय छ, जसमा ७ सय श्लोकमा देवी चरित्रको वर्णन गरिएको छ । यसमा ७ सय श्लोक भएको कारण यसलाई ’सप्तशती’ भनिन्छ ।
यसमा तीन चरित्र छ, प्रथम चरित्र (प्रथम अध्याय), मध्यम चरित्र (२/४ अध्याय) र उत्तम चरित्र (५/१३ अध्याय) रहेका छन् । प्रथम चरित्र की देवी महाकाली, मध्यम चरित्र की देवी महालक्ष्मी र उत्तम चरित्र की देवी महासरस्वतीलाई मानिन्छ ।
महाकालीको स्तुतिमात्र एक अध्यायमा, महालक्ष्मीको स्तुति तीन अध्यायहरुमा र महासरस्वतीको स्तुति नौ अध्यायहरुमा वर्णन गरिएको छ, । जो सरस्वतीको वरिष्ठता, काली (शक्ति) र लक्ष्मी (धन) द्वारा अधिक सिद्ध मानिन्छ ।
यी तीन चरित्र सृष्टिको अलग अलग काल खण्डहरुको वर्णनमा आद्य शक्ति मातादुर्गा अवतरित भईन र तमोगुणी नराम्रो शक्तिहरुलाई नाश गरिन् र अगाडी आउने सम्भावना ब्रम्हालाई मधु र कैटभ नामको दुई राक्षस मार्न चाहन्थे ब्रह्माले महामायासँग रक्षाको गुहार मागे र महामायाको प्रेरणाले विष्णु योगनिन्द्रा त्यागेर आए र राक्षसहरुलाई मारे ब्रह्माको सृष्टि(रचनाको कार्य अगाडी बढ्यो ।
दोश्रो अवस्था सभ्यताको प्रारंभिक अवस्थामा गंगा सिन्धुको मैदानको तत्कालीन जंगली अवस्थाको प्रतीकात्मक वर्णन छ । मानवलाई बिना हतियार केवल बुद्धि विवेकको बलमा जंगली भैंसी (महिषासुर) आदि भयानक जंगली जानवरहरुको बीचबाट आफ्नो सभ्यताको गाडी अगाडि बढाउने चुनौती थियो, जसमा उनि सफल भईन् ।
तेश्रो अवस्था सभ्यताको विकसित अवस्था हो, जहाँ मानवलाई शुम्भ र निःशुम्भको रूपमा दुई अतिवादी शक्तिहरुको सामना गर्नु परयो ।
स्त्री को जुन भूमिकालाई दुर्गा सप्तशतीको प्रथम चरित्रमा रेखांकित गरिएको छ, त्यो हो मोहनिद्राबाट जगाउने वाला भूमिका भ्रममा भड़किनाले जसरी अपराध(भावना, आत्मग्लानि र कुंठा विकसित हुन्छ ।
दुर्गा सप्तशती निद्रालाइए दुर्गाको रूप बताएर प्रणाम गर्न सिकाउँछ । ‘या देवी सर्वभूतेषु निद्रारूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।’ रात्री सब जगतलाई विश्राम दिने वाली यो रात्रि कल्याण गर्ने वाली हुन । रात्रि शक्ति संचयको लागि हो ।
‘या देवी सर्वभूतेषु चेतनेत्यभिधीयते’ भन्दै तिनै देवीलाई बारम्बार नमन गरिन्छ ।
दुर्गा सप्तशतीको तिनवटै चरित्रहरुमा संघर्ष र युद्धको कथा छ । प्रथम चरित्रमा महामाया स्वयं युद्ध गर्दिनन बरु भगवान विष्णुलाई योग निद्राबाट जगाएर मधुकैटभलाई मार्न प्रेरित गरी यस हेतु योग्य बनाउँछिन् । तर मध्यम चरित्र र उत्तर चरित्रमा उनी स्वयम् सैन्य संघर्षमा उल्झेकी छिन । जब उनी महालक्ष्मी हुन भने सिर्फ एक रूपमा छिन् । तर जब उनी महासरस्वती हुन्छिन भने कैयौं रूपमा युद्ध गर्छिन । उनले स्त्रीहरुको एक सेना नै तयार गर्छिन ।
दुर्गा सप्तशतीको मध्यम चरित्रमा महिषासुर मर्दिनीको रूप सबै देवताहरुको अलग÷अलग तत्वहरु बाट आकार लिन्छ । शंकरको तेज मुख को प्राकट्य मा काम आउँछ । यमराजको तेजबाट केश मिल्छ । ‘बाहवो विष्णुतेजसा’ अर्थात श्री विष्णु भगवानको तेजबाट उनको भुजाहरु उत्पन्न हुन्छ । चन्द्रमा, इन्द्र, वरुण, पृथ्वी, ब्रह्मा, सूर्य, वसु, प्रजापति, कुबेर, प्रजापति, अग्नि, संध्या, वायु सबैले आफ्नो अलग(अलग योगदान गरे जसबाट देवी ‘संभव’ भईन । यो यस कुराको प्रतीक हो की जब सज्जन या राम्रो मान्छेहरु एक हुन्छन भने पराशक्तिको जन्म हुन्छ । दुर्गा सप्तशती को उत्तर चरित्र वस्तुतः स्त्रीलाई वस्तु सम्झने मानसिकताका मान्छेहरुको राक्षसीपनलाई उजागर गर्दछ ।
No comments: