कांग्रेसका शीर्ष नेताहरु बसेको मञ्च भत्कियो, एकजनाको खुट्टा भाँचियो
धादिङः नेपाली कांग्रेस धादिङको भवन शिलान्यास कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरु बसेको मञ्च मञ्च भत्किएको छ।
कांग्रेस जिल्ला समिति धादिङले निर्माण गर्न लागेको विपी स्मृति भवनको शिलन्यास गर्न आएका वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, उद्योग राज्यमन्त्री कन्चनचन्द्र वादे लगायतका ५० जना भन्दा बढी नेता कार्यकर्ता बसेको मञ्च पुरै भत्किएको हो।
मञ्च भत्किँदा नेपाली कांग्रेस धादिङकी महिला नेतृ भगवती पौडेलको खुट्टा भाँचिएको छ। मञ्च भत्किएपछि केहीबेर कार्यक्रमस्थलमा खैलाबैला मच्चिएको थियो। नेपाली कांग्रेस धादिङका पूर्वसभापति रामनाथ अधिकारीले भने,‘फलामको डण्डी प्रयोग गरेर बनाइएको मञ्चका किलाहरु राम्रोसंग नकसिएको र भिरालो ठाउँमा मञ्च बनाइएकाले भत्किएको हो। खासै ठूलो दुर्घटना भएको छैन।’
मञ्चमा कांग्रेस बरिष्ठ नेता पौडेलसहित केन्द्रीय सदस्यहरु, कास्की, चितवन, सिन्धुली जिल्लाका पार्टी सभापति, जिल्लाका नेताहरु लगायत झण्डै ५० जना अतिथिका रुपमा आशन ग्रहण गरेका थिए।
मञ्च भत्किएपछि केहीबेर कार्यक्रम अवरुद्ध भएपनि तत्कालै लोकगायक विमलराज क्षेत्रीले गीत गाएर अस्तब्यस्त माहोललाई शान्त बनाएका थिए। पछि कार्यक्रम सोही भत्किएकै मञ्चमाथि नै गरिएको थियो।
Reviewed by a
on
5:37 AM
Rating:
No comments: