कपाल फुल्यो , आलुको बोक्रा छ नि ?
तपाई कपाल फुल्यो भनेर चिन्तामा हुनुुहुन्छ भने अब तपाई विभिन्न क्लिनिक धाउन तथा अनेक केमिकलयुक्त कलरहरु खोज्न नकुद्नु राम्रो हुन्छ । अब आफ्नै भान्साबाट तपाईले आफ्नो सेतो कपालको निदान पाउन सक्नुहुन्छ ।
बढ्दो प्रदुषण, आहारमा पोषक तत्वको कमी , तनाव आदिका कारणले स्वस्थ्य मात्र नभई तपाईको कपालमा पनि उत्तिकै असर पार्दछ । हो , यी विविध कारणले गर्दा उमेरभन्दा अगाडि नै तपाईको कपाल सेतो देखिन सक्छ । यसबाट बच्ने हो भने आफ्नो भोजनमा हरियो सागसब्जी , फलफुल तथा प्रोटियुक्त आहार समावेश गर्न भुल्नु हुँदैन ।
तपाईले छिलेर फाल्ने आलुको बोक्रा शरिरका लागि मात्र नभई कपालका लागि पनि उत्तिकै महत्वपुर्ण छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । आलुको बोक्रामा पाइने स्टार्चले कपालको सुरक्षा साथसाथै जरालाई पनि बलियो बनाई कपाललाई सेतो बन्न दिँदैन । आलुको बोक्रमा भिटामिन ए, बी तथा सी हुने गर्दछ । जसले कपालमा जम्ने तेललाई हटाएर सफा बनाउने , चयाँ हटाउने आदि कार्य गर्दछ । यतिमात्र नभइ आलुको बोक्रा फलाम( आइरन) , जिंक, पोटासियम तथा क्याल्सियम जस्ता अनेकौँ मिनरल्सहरु पाउन सकिन्छ । जसले कपाल झर्नबाट बचाउने गर्दछ । आलुमा पाइने स्टार्चले एक प्रकृतिक कलर (रंग) को रुपमा कार्य गर्दछ र कपाल सेतो बनाउन रोक्नुका साथै कपालमा चमक पनि प्रदान गर्दछ ।
आबस्यक सामाग्री ःआलुको छिल्का –२÷३ वटा आलु
लेवेन्डरको तोल अवस्यकता अनुसार ।
बनाउने तरिका
– २÷३ वटा आलु लिएर छिल्का निकाल्ने
– यस छिल्कालाई एक कप चिसोपानीमा हाल्ने ।
– बोक्रालाई एउटा भाडामा उमाल्ने
– उम्लिएपछि यसलाई ५ देखि १० मिनेटसम्म सानो आगोमा पकाउने
– यो मिश्रण केही समयका लागि चिसो बनाउन एउटा भाँडोमा राख्ने ।
– यसको गन्धबाट छुटकारा पाउन केही थोपा लेभेन्डरको तेल हाल्न सकिन्छ ।
प्रयोग तरिका ः यस मिश्रणलाई सफा तथा हल्का चिसो कपालमा लगाउँदा राम्रो काम गर्दछ ।यो मिश्रणलाई बिस्तारै विस्तारै लगाएर ५ मिनेटसम्म मसाज गर्न सकिन्छ र ३० मिनेट यत्तिकै छाड्न सकिन्ट । केही समयपछि चिसो पानीले धुनुपर्छ ।
Reviewed by a
on
3:08 PM
Rating:
No comments: