पौष २७ गते सार्वजनिक बिदा हुन्छ कि नाई ?
पौष २७ गते राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको जन्म दिन,पुर्ब मेची देखि पश्चिम महाकाली सम्म रहेको बर्तमान नेपाल निर्माण गर्ने दुरदर्शि राष्ट्र नायक यस धर्तीमा पाइला टेकेको दिन। बिं.सं१७७९ साल पौष २७ गते जन्मनु भएको पिता नरभुपाल शाहको मृत्यु पछि बिं.सं १७९९ सालमा २० बर्षको कलिलै उमेरमा पृथ्वीनारायण शाहले ५२ वटा राज्य मध्ये सबैभन्दा कान्छो राज्य गोर्खाका राजा हुने अबसर पाए २० बर्षमा गोर्खा राज्य समालेपछि राज्य बिस्तारमा लाग्नु भयो धेरै दुख्न कष्ट गरेर आधुनिक नेपाल निर्माण गर्नु भयो र आज सम्म हामीले नेपाली भनेर विश्व सामु चिन्निने मौका पाएका छौं यदि पृथ्वीनारायण शाहले रिक्स नमोली एस आराम र मोजमस्ती गरेर बसेका भए अङ्ग्रेजको दास भएर ईन्डियाको एक राज्यमा गुमनाम हुन्थेउ बिश्वको मान चित्रमा नेपाल भन्ने देश नरहन सक्थ्यो । जसले नेपाल भन्ने देश निर्माण गर्यो जिन्दगी भर एकीकरणमा बितायो उसको जन्म दिनमा सार्वजनिक बिदा नदिइ हामी एक पटक पनि सम्झदैनौ भने हामी कस्तो नेपाली। हाम्ले कस्तो खाले राष्ट्रियता,स्वाधीनताको कुरा गर्दैछौ।
अहिले गणतन्त्र आएसी त बुढाबुढीको झगडा भए पनि नेपाल बन्द हुन्छ। गाडीले खिचेर एउटा कुखुरा मारे पनि बन्द हुन्छ।जसले नेपालको इतिहासमा कुनै योगदान गरेको छैन १.३%नेपालीले क्रिस्चियन धर्म अपनाएका छन भने पनि सम्पुर्ण सरकारी काम काज ठप्प पारेर लम्पसार सरकार नाङ्गो नाच देखाउछ।जिससले नेपालको लागि के गरे र उनको जन्म दिन सार्वजनिक बिदा दिने। अमेरिकामा ११ लाख हिन्दू धर्म मान्ने मान्छे बसोबास गर्छ्न। बेलायतमा ५ लाख हिन्दु तथा बौद्ध धर्मावलम्बी छ्न। के ती मुलुकमा दशै तिहाइमा एक दिन छुट्टी दिन्छ? राष्ट्रिय एकता दिवसको दिन बिदा काटेर नेपाली क्यालेन्डरमा हटाइसकेको बिदा पनि फेरि आकस्मिक निर्णय लिएर सिधै भन्नू पर्दा केही थान बिट्टा डलर पाउने बितिकै सार्वजनिक बिदाको लम्पसार पर्नु पर्छ।
टुक्रा टुक्ता रहेको ५२ बटा राज्यलाई एउटा सुन्दर शान्त विशाल राष्ट्र बनाउने राष्ट्र पिता पृथ्वीनारायण शाहको जन्म दिनलाई राष्ट्रिय एकता दिवस कायम गर्दैन भन्ने यो सरकार राष्ट्रिय एकताको पक्षमा छैन।इतिहासको सम्मान नगर्ने नालायकको रुपमा परिचित हुन्छ। जसले इतिहासको सम्मान गर्ने सक्दैन प्राचीन नेपालको मर्म बुझ्दैन भने उसले बर्तमानलाई सहि दिशा दिन पनि सक्दैन ।
पृथ्वीनारायण शाहलाई अनेक लालछेना लगाएर लेखिएको जर्मनी इतिहास बिध प्रा,डा एचजी बेहरको बिश्लेशण पढेर पृथ्वीनारायण शाहलाई गाली गर्ने छोटे सामान्ती भन्ने धर्तिका बोझहरुको डि.एन.ए चेक गर्ने हो भन्ने नेपालीपन भेटिदैन ती नेपाली आमाको नलायक सन्तान हुन तीनको नशामा नेपाली रगत नबगेको पनि हुन्छ सक्छ। कि त पृथ्वीनारायण शाहले ५२ बटा राज्य एकीकरण गरेर गल्ती गरे। हामी बिदेशीको गुलामी हुन पाएनौ भन्नू पर्यो नत्र बिरताको इतिहासमा बोगेका शाह बंशीय राजालाई मन गडन्ते आरोप लागेर किन बेकारमा गाली गरिन्छ।
हो युद्ध र प्रेम सत्य हुन्छ भनिन्छ। युद्धमा केही मान्छेको मृत्यु भयो त्यो युद्ध के उदेश्यको लागि थियो भन्ने कुरा मेन हो।ब्यक्तिगत स्वार्थको लागि ठुलो देशको राजा हुने महत्वाकांक्षीका साथ गरिएको भए पनि त्यो युद्धले विशाल नेपाल निर्माण गर्ने सफल भयो उत्तरी छिमेकी चीन र दक्षिण छिमेकी भारत अरुको गुलामी हुदा सार्वभौमसत्ता गुमाउदा पनि हाम्रो पुर्खालाई कसैले जित्न सकेको स्वाधीनताको लागि ज्यानको बाजि लगाएर लडे। अहिले के हामी भारती हस्तक्षेपलाई टुलु टुलु हेरेर बस्ने। लम्पसारबादी सरकार नेतृत्व गर्ने माओवादी र कांग्रेसको दलाली मानसिकलाई प्रतिकार नगर्ने अहिले हामिले खबरदारी गरेनौं भन्ने बेला घड्केपछि पछुताउनु बाहेक केहि रहदैन।
बिं.सं १७१६मा स्थापन गरिएको गोर्खा राज्यमा १२ हजार जनसंख्या रहेको अनुमान गरिन्छ। त्यही राज्य बिस्तार हुँदै भनेको नेपालमा करिब ३ करोड जनता अटाएका छ्न। तीन करोड जनताले गर्वको साथ नेपाली हु भन्न पाएका छ्न। यो सबै देन पृथ्वीनारायण शाहकै हो ।
पृथ्वीनारायण शाहको शालिक ढालेर चिनियाँ साम्राज्यबादी माओ रसियन साम्राज्यबादी लेलिन ,स्टालिन को फोटो पुजा गरेर के पायौं? यी धर्तीको बोझहरु,पृथ्वीको भारहरु सग जवाफ छ त? पौष २७ गते राष्ट्रियता एकता दिवस मनाउ । साथै र्सार्वजनिक बिदाको जोडदार माग गरौं।पृथ्वीनारायण शाहको फोटो लिएर कार्यक्रम गर्ने राप्रपाका पनि दुई जना मन्त्री( बिक्रम पाण्डे र दिपक बोहराल) छ्न।तिनीहरुले सरकारमा सार्वजनिक बिदाको प्रस्ताव लान सक्नु पर्छ। यदि बिदा दिएन भने नैतिकताको आधारमा सरकारबाट फिर्ता आउनु पर्छ ।नत्र पृथ्वीनारायण शाहको फोटोले सराप्ने छ।जनता नजरबाट अपमानित हुने छ्न। पृथ्वीनारायण शाहको सम्झनामा राष्ट्रियता एकता दिवस भब्य रुपमा मनाउ नेपाली हुनुमा गर्व गरौं।जय देश जय पृथ्वीनारायण शाह।
Reviewed by a
on
11:32 PM
Rating:
No comments: