ताज महलको बारेमा अझसम्म थाहा भएको कुरा झुट सावितः साँचो रहस्य खुल्यो
तपाईँलाई अझसम्म ताज महलको बारेमा के कुरा थाहा छ? यहि कि ‘ताज महल १६ औँ शताब्दिका मुगल सम्राट शाह-जहानले आफ्नी पत्नी ‘मुमताज महल’ को सम्झनामा बनाएको एक समाधि हो, जहाँ रानी मुमताजको लास राखिएको छ।’ तर यो तथ्य साँचो होइन!P.N.Oak
भारतीय लेखक तथा लडाकु ‘पुरुषोत्तम नागेस ओक’ (सन् १९१७- २००७) इतिहासलाई पुनःसंशोधन गर्ने व्यक्ति थिए। उनको ‘इन्स्चिच्युट फर रिराइटिङ्ग हिस्टरी’ले सन् १९८० ताका ‘इतिहास पत्रिका’ नामक त्रैमासिक पत्रिका प्रकाशन गर्दथ्यो। पुरुषोत्तमका अनुसार ‘क्रिश्चियन र इस्लाम दुवै हिन्दु धर्मबाटै उत्पन्न भएका हुन्। ‘भ्याटिकन सिटी’, ‘काबा’, ‘वेस्टमिन्स्टर एबी’ र ‘ताज महल’ पहिले भगवान शिवका मन्दिरहरू थिए।’ उनका अनुसार भ्याटिकन सिटी वास्तवमा एक वैदिक संरचना थियो र पहिले यसलाई ‘वाटिका’ भनिन्थ्यो। त्यहाँका ‘पोप’ (Pope)हरू पनि पहिले वैदिक पुजारी हुने गर्दथे।
taj mahal true story book
उनले ३ भाषाहरूमा पुस्तक लेख्ने गर्दथे। उनको एक पुस्तक ‘ताज महलः द ट्र्यु स्टोरी’मा उनले यस्तो लेखेका छन्, “ताज महल पहिले शिवको मन्दिर थियो र राजपुतको दरबार पनि थियो जसलाई ‘तेजो महालय’ भनिने गर्दथ्यो। शाहजहानले उक्त दरबारको कब्जा गरेपछि यसलाई समाधिमा परिणत गरेका थिए। उनले दरबारको तथ्य सार्वजनिक नहोस् भन्ने हेतुले तथ्यको बारेमा थाहा भएका सबैको हत्या गरेका थिए।” शाहजहानले उक्त दरबार कब्जा गरेपछि त्यसलाई ‘ताज महल’को नाम दिएका थिए।
संसारका कतिपय मानिसहरू पैसा र ऊर्जा खर्च गरेर प्रख्यात ‘ताज महल’ हेर्न जान्छन्, तर उनीहरूलाई वास्तविकताबाट टाढा राखिएको छ। ताज महल एक इस्लामी समाधि नभई भगवान शिवको मन्दिर ‘तेजो महालय’ हो भन्ने वास्तविकताबाट टाढा राखिएको छ। त्यसैले ताज महललाई एक चिहानघरको रूपमा होइन, भगवान शिवको मन्दिर र दरबारको रूपमा हेर्न जरुरी हुन्छ। यसले गर्दा धेरै भिन्नता ल्याउँदछ। एक चोटी विचार गर्नुहोस् त, यसको आकार, महानता र सुन्दरतालाई हेर्नुहोस्। फेरी त्यहाँ भएका भत्केका पर्खालहरू, साना साना थुम्काहरू, दरबार वरिपरि भएका रक्षात्मक खाल्डाहरू, झरनाहरू, पानीका फोहराहरू, बगैँचा, सैयौँ कोठाहरू, दलान अनि बरण्डाहरू, टावरहरू, गोप्य कोठाहरू, पाहुना कोठाहरू, घोडाका गोठहरू, अनि मूख्य त छानामा भएको त्रिशूल र पर्खालको बाहिरी भागमा खोपिएको हिन्दु धर्मको पवित्र अक्षर ‘ऊँ’ जसलाई ठूलो खाली चिहानले ढाकिएको छ, यिनीहरूलाई तपाईँले चाहेर पनि हेर्न छुटाउन सक्नुहुन्न। पुरुषोत्तम भन्छन्, यी सबै प्रमाण हुन।
Reviewed by a
on
12:12 AM
Rating:
No comments: