Top Ad unit 728 × 90

a
Ad Inside Post

पूजा गरेपछि मन्त्र पढ्दा भगवान खुशी हुने

मन्त्रको महिमा अद्भुत छ । हामी देवीदेवतालाई खुशी गराउन मन्त्र पढ्ने गछौं । कुनै पनि मन्त्रको जप देवता विशेषलाई प्रसन्न गराउनका लागि गरिन्छ । त्रिदेव हुन या त्रिशक्ति जप मानवले यहि प्रयोजनका लागि गर्ने गर्दछ । हामी मन्त्रका धनी छौं । कुनै पनि देवीदेवताको पूजा पाठ सकिएपछि यस्ता मन्त्रहरु उच्चारण गर्नाले तपाईले आफ्ना देवतालाई खुशी पार्न सक्नु हुन्छ । शिवको यस मन्त्रको जप पनि यही प्रयोजनका लागि गरिन्छ ।
कुनै पनि भगवानको स्तुति गर्दा मन शान्तभावमा हुनुपर्छ । भगवान कुनै पनि आडम्बर रुचाउनुहुन्न । भगवानको मन्त्र जप्दा मनमा शीतलता उत्पन्न हुन्छ । मनमा आनन्द आउँछ । यदि तपाईलाई भगवान महादेवलाई खुशी बनाउनु छ भने पूजा सकिएपछि यो जप गर्नुस, जसले भगवान भोले खुशी हुन गई तपाईको मनोकांक्षा पुर्याइ दिनु हुनेछ ।
कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम्
सदा वसन्तं हृदयारविन्दे भवं भवानीसहितं नमामि ।।
यो श्लोक पहिलोचोटि भगवान विष्णुले शिवपार्वतीको विवाहमा उच्चारण गर्नुभएको थियो । यसमा भगवान शिवको महान दिव्य स्वरूपको चर्चा गरिएको छ । यसलाई जपेपछि पूजा सफल हुन्छ र भक्तले मनोवाञ्छित फल पाउँछ ।
यस मन्त्रको अर्थ होः कपूरजस्तो सेतो वर्ण भएका, करुणा र दयाका खानी, संसारको सार र सर्पलाई माला बनाउने प्रभु शिव माता पार्वतीका साथ सदैव मेरो हृदयमा निवास गर्नुहोस् र मलाई आशीर्वाद दिनुहोस् ।
महादेव भोलानाथलाई प्रसन्न गराउन ठूलाठूला कर्मकाण्ड गरिरहनु पर्दैन । एक घल्चा शीतल जल, बेलपत्र र मन्त्रजापबाट नै शिवजी प्रसन्न हुनुहुन्छ ।
शान्तभावले जुन समयमा पनि भोलेनाथको स्मरण गर्न सकिन्छ । सरल भगवान शिवलाई देवता र असुर दुवैले उत्तिकै श्रद्धाका साथ पूजा गर्छन् ।
आनन्द अमृत

पूजा गरेपछि मन्त्र पढ्दा भगवान खुशी हुने Reviewed by a on 11:09 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.