Top Ad unit 728 × 90

a
Ad Inside Post

घ्यूकुमारीको प्रयोगले अनेक फाइदा

रोगबाट टाँढा राख्न र सुन्दर छाला कसलाई चाहिदैँन र ! तर, जाडोको मौसम आउनासाथ छालाको मुलायमपना हराएर जान्छ । यस अवस्थामा खानपानमा सुधार गर्ने र आफ्नो दिनचर्यामा घ्यूकुमारीलाई समावेश गरी तपाई आफ्नो स्वास्थ्य सँग सम्बन्धित अनेक समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ ।
घ्यूकुमारीमा भिटामिन ए, सी, ई, फलिक एसिड, बी–१, बी–२, बी–३, बी–६ र बी–१२ प्रचूर मात्रामा पाइन्छ । त्यतिमात्र नभई यसमा क्याल्शियम, म्यागनेशियम, जिन्क, क्रोमियम, सेलेनियम, सोडियम, आइरन र पोटाशियम जस्ता खनिज पदार्थ पनि पाइन्छ । यतिधेरै पोषक तत्व संम्भवतः अन्य कुनै फल र तरकारीमा पाईदैन ।
अब जानाँै घ्यूकुमारीले हाम्रो स्वास्थ्यमा के–के फाइदा पु¥याउँछ …
खोकी हुदैँन
जाडोमा रुघाखोकी चाँडै लाग्ने हुन्छ । यस्तो बेलामा घ्यूकुमारीको पातलाई भूटेर आधा चम्मच रस तातोपानीमा मिसाएर खानाले रुघाखोकी चाडै निको हुन्छ ।
छालाको लागि फाइदा
यदी तपाइको छाला जाडो मौसममा सुख्खा हुन्छ भने घ्यूकुमारीको जूस छालामा लगाउन सक्नुहुन्छ । यसले ड्राइनेस, दाग जस्ता समस्याबाट छुट्कारा पाउन सक्नु हुन्छ ।
कब्जियतमा राहत
जाडोको मौसमा प्राय ः जसो मानिसमा कब्जियतको समस्या हुने गर्छ । यस्तो समस्या भएमा राति सुत्नु भन्दा पहिले घ्यूकुमारीको जूस पिउनाले पेटमा आराम हुन्छ र कब्जियतको समस्या पनि समाधान भएर जान्छ ।
कपाल कालो र मुलायम
कपाल फुल्नु र ड्राई हुनु सामान्य कुरा हो । यदी कपालमा घ्यूकुमारीको जूस लगाउने हो भने कपाल कालो र मुलायम हुन्छ । तर, ध्यान राख्नुस् कपालमा घ्यूकुमारीको जूस १० दिनको अंन्तरालमा मात्र लगाउनु पर्छ । यदी कपाल जडैदेखि झर्छ भने घ्यूकुमारीकको जूस लगाउनाले त्यो समस्यापनि समाधान हुन्छ र कपाल पनि आउन थाल्छ । कोलेस्ट्रोल घटाउँछ कोलेस्ट्रोलको समस्या छ भने नियमित घ्यूकुमारीको जूस पिउनु राम्रो हुन्छ । घ्यूकुमारीले कोलेस्ट्रोलको मात्रालाई नियन्त्रिण गर्नमा मद्दत गर्छ । घ्यूकुमारीमा बीटा सिस्टेरोल नामक तत्व पाइन्छ, जसले कोलेस्ट्रोलको मात्रा कम हुन्छ ।
टाइफाइड
घ्यूकुमारी टाइफाइड जस्तो खतरनाक रोगलाई निको पार्नमा रामवाण औषधि हो । १५ ग्राम घ्यूकुमारीको रस बिहान बेलुका पिउनाले टाइफाइडमा राहत हुन्छ ।
तौल घटाउँछ
१० ग्राम घ्यूकुमारीको रसमा मेथीको ताजा पातलाई पिँधेर मिसाउने र दैनिक खाने । यसो नियमित खानाले तौल तिव्र गतिमा घट्दै जान्छ । (एजेन्सीको सहयोगमा)

घ्यूकुमारीको प्रयोगले अनेक फाइदा Reviewed by a on 11:29 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.