बालिकालाई उपचारका लागि आर्थिक सहयोग
फिदिम : गालामा ऐंजेरु पलाकी पाँचथर अमरपुर ७ निवासी १४ वर्षीय सविना हेम्यालाई लाइन्स क्लव अफ पाँचथरले पचास हजार रुपैंया सहयोग गरेको छ ।
क्लवले वुधवार फिदिममा एक कार्यक्रम गर्दै रकम उपलव्ध गराएको हो । हाल फिदिम वजारमा वसोवास गर्र्दै आएकी वालिकाको रोग पहिचानका लागि प्रारम्भिक चरणमा यो रकम उपलव्ध गराइएको सस्थाका अध्यक्ष मित्रप्रसाद काफ्लेले जानकारी दिए ।
उनको उपचारका लागि नेपाल र विदेशमा रहेका नेपालीवाट रकम संकलन गरी आर्थिक सहयोग गरिने उनको भनाई छ । नेपाल पत्रकार महासंघ पाँचथर शाखाको हलमा आयोजित एक कार्यक्रमविच उक्त रकम वालिका र उनकी आमा विन्द्रा हेम्व्यालाई हस्तान्तरण गरिएको हो ।
बालिकालाई उपचारका लागि आर्थिक सहयोग
Reviewed by a
on
2:58 PM
Rating:
No comments: