१५ तोला सुनको लोभमा यसरी गुम्यो १ लाख ३६ हजारको गहना
काठमाडौं– काठमाडौँको भद्रकालीमा नचिनेका मान्छेबाट १५ तोला सुन पाउने लोभमा एक महिलाले आफुले लगाएको १ लाख ३६ हजार बराबरको सुनका गहना गुमाएकी छिन् ।
काभ्रे काशिखण्ड गाविस स्थायी घर भएकी यसोधा पाठकले नाम, थर तथा बतन नखुलेका दुई जना पुरुष ब्यक्तिको विश्वास गर्दा यसरी गहना गुमाएकी हुन् ।
काठमाडौं महानगरपालिका–३१ भद्रकालीमा पाठकलाई अन्दाजी ५ फिट ५ इन्च उचाईका राई–लिम्बु जस्तो देखिने एक जना र ब्राह्मण जस्तो देखिने अर्का एक जना समेत गरी दुई जना ब्यक्तिहरुले ललाई फकाई ठगेर भागेका छन् । प्रहरीका अनुसार उनिहरुले पाठकलाई ‘हामीसँग भएको १५ तोला सुन तिमी राख, तिमीले लगाएका सुन जत्ति छ हामीलाई देउ’ भन्दै यसोधा पाठकले लगाएको सुन लिई उनलाई रित्तो रुमाल दिई फरार भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
प्रहरीका अनुसार ठगहरुले यसोधाको साथमा रहेको एक तोला बराबरको बेरुवा औंठी, आधा तोलाको कानमा लगाउने झुम्का, आधा तोलाको सादा औठी, सोही परिणामको मंगलसुत्र तथा नगद ६ हजार समेत ठगी गरेर फरार भएका छन् । यसोधाबाट ठगीएको सुनको मुल्य १ लाख ३६ हजार रहेको प्रहरीले जनाएको छ ।
Reviewed by a
on
5:47 AM
Rating:
No comments: