४८ नेपाली शव्द लेख्दा एक दर्जन अशुद्ध लेख्ने व्यक्ति त्रिविको उपकुलपति !
अर्काेको थेसिस चोरी गरेको आरोप लागेका व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीर्थराज खाँनिया नियुक्त भएसँगै चर्काे आलोचनामा परेकै हुन । काग्रेसको खोल ओढेर अयोग्य व्यक्तिलाई त्रिभुवन विश्वविद्यलायको उपकुलपति बनाइदा सिंगो प्राज्ञिक क्षेत्रको कतिसम्म बेइज्जती भएको छ भन्ने यो एउटा सानो उदाहरण मात्र हो ।
यीनै उपकुलपतिको नामबाट वितवरण गरिएको निमन्त्रणा पत्रमा नेपाली भाषाको बलत्कार गरिएको भन्दै भाषाविद्हरुले चर्काे खिल्ली उडाएका छन ।
पौष १४ गते त्रिविविले आफ्नो ४२ औं दीक्षान्त समारोह मनाउदै छ । सोही समारोहको अवसरमा उनै उपकुलपतिको नाम र हस्ताक्षर रहेको निमन्त्रणा पत्र विभिन्न राजनीतिक दलका शीर्षस्थ व्यक्ति देखि प्राज्ञिक व्यक्तिहरुको हातसम्म पुग्यो ।
४८ शव्दको उक्त निमन्त्रणा पत्रमा भाषाविद् केदार शर्माले १० वटा गल्ती सामाजिक सञ्जालबाट औल्याइदिएसँगै उपकुलपति खाँनिया भाषाविद्हरुको निशानामा परेका छन ।
yeskathmandu बाट साभार
No comments: