Top Ad unit 728 × 90

a
Ad Inside Post

विश्वकै सबैभन्दा धनी राजा जोसँग सुनको प्लेन !

एजेन्सी, तपाईको विचारमा विश्वकै सबैभन्दा धनी राजा को होलान? तर ब्रुनाइका राजा हसन-अल-बोलकियालाई अहिले विश्वकै सबैभन्दा धनी राजामध्ये एक मानिन्छ। उनीसँग १३६३ अर्बको अकुत सम्पत्ति रहेको छ।
उनी राजा मात्र नभइ एउटा व्यापारी पनि हुन्। उनीसँग यति पैसा छन की सायद उनी जतिको सम्पत्ति कसैसँग पनि छैन होला। बोलकियासँग करीब ७ हजार गाडी मात्रै रहेका छन्। त्यति मात्रै नभइ उनीसँग एउटा सुनको प्लेन पनि छ।
उनीसँग यति धेरै धनसम्पत्ति हुनुको आयस्रोत आयल र नेचुरल ग्याँस नै हो। यसैको माध्यमबाट उनी करौडोको मालिक भएका छन्। फोर्ब्स म्यागेजिनका अनुसार सन् २००८ मा हसनसँग १३६३ अर्बको सम्पत्ति रहेको देखाइएको थियो।
सन् २००९ पछि उनको सम्पत्तिमा कुनै फेरबदल आएन। सन् १९८०सम्म राजा सबैभन्दा धनी थिए तर १९९० मा भने उनको उपाधि अमेरिकाका बिजनेस म्यान बिल गेट्सले खोसेर लगिदिए। राजाका महँगो र लग्जरियस गाडी र नीजी जेट विमान पूरै विश्वमा चर्चित छ।
बताइए अनुसार राजाको दरवार करीब २ लाख स्क्वायर फिटमा फैलिएको छ।यसको मूल्य २ हजार ३ सय ८७ करोड रहेको छ।यो दरबार सन् ११९८४ मा बनाइएको थियो। उक्त दरबारभित्र सन् १७८८ कोठा तथा यो दरबारको ढोका २२ क्यारेट सुनले जडान गरिएको छ। यो दरबारमा २ सय ५७ बाथरुम रहेका छन्। यसअघि १ सय १० वटा कारको ग्यारेज रहेको थियो।
यहाँसम्म की घोडाको लागि पनि एयर कन्डिशन तबेला बनाइएको थियो। साथै स्विमिङ पुल पनि रहेको छ। राजाका साथमा ७ हजार कार रहेको छ जसको मूल्य २ सय ४१ अर्ब रुपैँया पर्न आउँछ। यो कारमा ६ सय राइस, ३ सय फेरारी, १ सय ३४ कोएनिगेग्स, ११ म्याक्लेरेन एफ १ एस, ६ पोर्शे ९ सय ६२ एमएस तथा धेरै जगुआर रहेको छ।

विश्वकै सबैभन्दा धनी राजा जोसँग सुनको प्लेन ! Reviewed by a on 11:01 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.