Top Ad unit 728 × 90

a
Ad Inside Post

के गर्ने नेपालीसँग रहेको ३ अर्ब भारू?

भारतीय ५ सय र १ हजारको नोट सटहीमा थप अन्यौल देखिएको छ।
नोट सटहीका लागि अन्तिम मिति नजिक आउँदै गर्दा समेत कुनै निर्णय नहुँदा अन्योल बढेको हो। यो खबर हामीले आजको नेपाल समाचारपत्र दैनिकबाट लिएका हौ।
नोट सटही सहजीकरणका लागि राष्ट्र बैंकको एक टोली भारत जाने भनिए पनि कहिले जाने भन्ने टुंगो लागेको छैन। पुराना भारतीय नोटमा प्रतिबन्ध लागेको डेढ महिना पुगिसक्दा पनि नेपालमा रहेका भारतीय नोट साट्ने विषयमा अहिलेसम्म कुनै पहल भएको छैन।
‘कहिलेसम्म नेपाली सर्वसाधारणसँग भएको भारू साटिने हो त्यसको कुनै टुंगो नलागेको र राष्ट्र बैंक समेत पर्ख र हेरको अवस्थामा छ,’ राष्ट्र बैंकका प्रवक्ता नारायाण पौडेलले भने।
भारतीय पक्षसँगको कुराकानीमा आगामी जनवरीसम्म यसबारे टुंगो लाग्ने आश्वासन पाएको उनले बताए।
नेपालस्थित भारतीय दूतावासले भारु सहटीको मोडालीटी बनाउन राष्ट्र बैंकलाई आग्रह गरेपछि उत्पन्न समस्याको समाधानका लागि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन भएको थियो।
उक्त अध्ययन समितिले भारुबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरेको भए पनि भारतीय पक्षबाट जवाफ नआएसम्म कुनै कदम चाल्न नमिल्ने राष्ट्र बैंकले बताएको छ।
भारत सरकारले पनि नेपालसँगै भुटान तथा अन्य छिमेकी मुलुकमा रहेको भारु रकम के कसरी साट्ने भन्नेबारेमा अध्ययन गर्न एक समिति गठन गरेको थियो।
सो समितिले पनि यसअघि नै अध्ययन रिपोर्ट बुझाइकेको छ। तर, भारत सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिन नसक्दा भारुबारेको अन्योलता टुंगोमा पुग्न सकेको छैन।

के गर्ने नेपालीसँग रहेको ३ अर्ब भारू? Reviewed by a on 5:40 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.