Top Ad unit 728 × 90

a
Ad Inside Post

प्रियंकालाई कसैले बिहेको प्रस्ताव नै गरेन ?

काठमाडौंः बलिउड र हलिउडमा चर्चित प्रियंका चोपडा ३४ वर्षीया भइन् । तर, उनको विवाह अझै भएको छैन् । बलिउडमा बेला बेला उनको बिबाहको चर्चा हुने भए पनि बिवाह भने अझै हुन सकेको छैन् । चोपडाले अझै केही समय बिहे नगर्ने बताउँदै आएकी छिन् ।
बलिउडमा चर्चित प्रियंका पछिल्ला दिनमा भने हलिउडमा चर्चा पाइरहेकी छिन् । केही समयमा उनको हलिउड फिल्म ‘बेवाच’ रिलिज हुँदैछ। यो फिल्म २६ मे २०१७ मा प्रदर्शनमा आउने छ। बेवाचको टिजर पनि सार्वजनिक भइसकेको छ। धेरैले प्रियंकाले यो चलचित्र रिलिज भएपछि बिवाह गर्ने अनुमान गरेका छन् ।
पछिल्लो एक अन्तर्वार्तामा प्रियंकाले आफ्नो व्याक्तिगत र व्यवसायीक जीवनको बारेमा केही तथ्य सार्वजनिक गरेकी छिन् । प्रियंकाले आफ्नो विवाहको विषयलाई आमासँग जोडेकी छिन् ।
बिहेको बारेमा आमासँग कुरा नभएको खुलासा गर्दै उनले ‘मेरी आमा पनि बिहेको बारेमा त्यति चिन्तित हुनुहुन्न। उहाँले आफै पनि ढिलो बिहे गर्नु भएको थियो ।’ प्रियंकाको नाम धेरै बलिउड स्टारसँग जोडिएको भए पनि उनको जीवन स्टार भए अझै भेटिएको छैन् ।

प्रियंकालाई कसैले बिहेको प्रस्ताव नै गरेन ? Reviewed by a on 9:12 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.