Top Ad unit 728 × 90

a
Ad Inside Post

एकपटक पुग्नैपर्ने ठाउँ भकिम्लीको स्वर्गाश्रम (फोटो फिचर)

म्याग्दीको भकिम्ली गाविसको ३ नम्बर वडामा अवस्थित स्वर्गाश्रम करिब १ सयवर्ष पुरानो आश्रम हो । समुन्द्री सतहदेखि झण्डै २ हजार ५ सय मिटरको उचाइमा अवस्थित स्वर्गाश्रम धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ। स्वर्गाश्रममा देशका विभिन्न ठाउँबाट गुरु तथा माताहरु आएर तपस्या गर्ने गरेको श्रम ब्यवस्थापन समितिका अध्यक्ष रत्न जिसीले बताए ।
आश्रमको डिलबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छे«यलगायत दजनौं मनोरम हिमश्रृङ्खला देखिन्छ । यसैगरी म्याग्दी जिल्लाको अधिकांश भाग, पर्वतको उत्तरी क्षेत्र समेत आश्रमबाट देखिन्छ । आश्रम आसपासको वनजङ्गलमा विभिन्न ७ रङका लालीगुराँसहरु फुल्ने गरेको छ ।स्थानीयवासिन्दाले आश्रमको प्रचारप्रसार गरी पर्यटक भिœयाउनका लागि बेलाबेलामा विष्णुपुराणजस्ता धार्मिक कार्यहरु पनि गर्ने गरेका छन् ।
सदरमुकामको पहुँचदेखि टाढा रहेको उक्त स्थान आवश्यक बजेट व्यवस्थापन, प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ । सप्त ऋषी बेलढुङ्गा समेत भनेर चिनिने आश्रम सन् १९४८मा छविनन्द प्रसादले तपस्या गरेको स्थानमा इश्वरनन्द सरस्वती माता लगाएत विभिन्न ऋषीमुनीहरूले ध्यान तथा तपस्या गरेको स्थान समेत रहेको छ । इश्वरानन्द सरस्वतीले १२ बर्ष एकैठाउँमा तपस्या गरेपछि हरिद्धार, देवघाटमा महिला आश्रम बनाएकी थिईन् ।
आश्रममा विभिन्न मुर्तीकला, सप्तऋषी डाँडा समेत रहेको छ । छिमेकी जिल्ला बागलुङको धम्जा गाविस संग सिमान जोडिएको क्षेत्र भएकाले पनि धम्जाका सर्वसाधारण आफ्नै सदरमुकाम बागलुङ जान समेत स्वर्गाआश्रमको बाटो प्रयोग गर्ने गरेका छन् । आश्रममा हरेक बर्ष बैशाख १ गते रथयात्रा सहित विषेश पुजा गरिन्छ । स्वर्गाआश्रमबाट करिव आधाघण्टाको दुरीमा रहेको बेलढुंगाबाट धौलागिरि अञ्चलका तीन जिल्लाका साथै पोखरा लगाएतका क्षेत्रहरु समेत देखिन्छ ।

एकपटक पुग्नैपर्ने ठाउँ भकिम्लीको स्वर्गाश्रम (फोटो फिचर) Reviewed by a on 6:43 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.