मेथीले स्वाद मात्रै होइन सेक्स पावर पनि बढाउँछ
तरकारीको स्वाद बढाउन प्रयोग विभिन्न किसिमका मसलाहरु प्रयोग गरिन्छ, त्यसमा एक हो मेथी ।
हामीमध्ये धेरैलाई थाहा नहुनसक्छ, मेथीले स्वाद मात्रै होइन, सेक्स पावर पनि बढाउँछ । साथै मेथीको सेवनबाट विभिन्न फाइदाहरु हुन्छन् ।
आउनुहोस्, जानीराखौं, मेथीको सेवनले हुने फाइदाहरु के के हुन् ? पायल्सका रोगीका लागि मेथीको दाना फाइदाजनक हुन्छ । यस्तो समस्यामा दैनिक मेथीको साग खानुपर्छ ।
मेथीले रगतमा चिनीको मात्रा नियन्त्रण गर्दछ । मधुमेहको समस्यामा दैनिक पाँच–छ दाना मेथी खानुपर्छ । कफको कारण प्रायः रुघाखोकी लाग्दछ ।
यस्तो समस्यामा तोरीको तेललाई तातो बनाएर त्यसमा अदुवा, गरम मसला र लसुन राखेर मेथीको साग पकाएर खाँदा यस्तो रोग ठिक हुन्छ । यसले रुघाखोकीबाट मुक्ति दिलाउँछ ।
ज्वरो र घाँटी दुख्ने समस्या भएमा महमा एक चम्चा कागतीको रस र मेथी मिलाएर सेवन गर्नुपर्दछ । यसले छिट्टै समस्याबाट निकास मिल्दछ ।
दिनरातको कामबाट थकाई लाग्ने छ भइहाल्यो, हामी भागदौडको जीवन बाँचिरहेका छौं । यस्तो बेला एक चम्चा टुसाएको मेथीको सेवनले राहत मिल्दछ । मेथीको दानाको प्रयोगले पुरुष्मा यौन इच्छा बढ्दछ ।
यदि तपाईं मसलाको रुपमा मेथीको प्रयोग गर्नुहुन्छ भने यो कुनै प्राकृतिक औषधी भन्दा कम हुँदैन ।
एजेन्सीको सहयोगमा ।
No comments: