Top Ad unit 728 × 90

a
Ad Inside Post

सेतो मच्छिन्द्रनाथको मूर्ति मर्मत सुरु

काठमाडौँ, २६ पुस । काठमाडौँको जनबहालस्थित सेतो मच्छिन्द्रनाथको मूर्तिलाई मर्मत तथा सिङ्गारको काम भइरहेको छ ।
पौष शुक्ल अष्टमीका (गत शुक्रबार) दिन महास्नान गराइएको सो मूर्तिमा बिग्रेको ठाउँमा आवश्यक मर्मत र सिङ्गारपछि घाममा राख्ने गरिन्छ । नवमीका दिनदेखि नै सो कार्य जारी छ ।
पौष शुक्ल पूर्णिमाका दिन मूर्तिलाई विधिविधानपूर्वक दशकर्म गरी प्राण प्रतिष्ठा गरिने र मन्दिरमा विराज गराइने पुजारी स्वयम्भूरत्न बज्राचार्यले जानकारी दिनुभयो ।
प्रत्येक वर्ष पौष शुक्ल सप्तमीका दिन मूर्तिलाई मन्दिरबाट निकालेर कलशमा देवताको प्राण प्रतिष्ठा गरिन्छ । भक्तजनले सो मूर्तिको विकल्पमा सोही कलशमा पूजा गर्ने चलन छ ।
बौद्ध धर्मावलम्बीले आर्य अवलोकितेश्वर, शैवले सिंहनाथ लोकेश्वर, वैष्णवले हरिका रुपमा तथा योगीले नाथका रुपमा मच्छिन्द्रनाथलाई आस्था प्रकट गर्ने गर्दछन् ।
गोरखनाथका पनि गुरुका रुपमा मच्छिन्द्रनाथलाई मानिएको छ । सहकाल र वर्षाका रुपमा समेत मच्छिन्द्रनाथको पूजा हुने गर्दछ । सेतो मच्छिन्द्रनाथ भने निरोगी र करुणाका प्रतीकका रुपमा बौद्ध धर्मावलम्बीले विश्वास गर्दछन् । रासस

सेतो मच्छिन्द्रनाथको मूर्ति मर्मत सुरु Reviewed by a on 3:47 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.