नेपालको एक मन्दिर जहाँ माछाको बलि चढ्छ !
सिन्धुली, २९ पुस — नेपालका मन्दिरमा आफ्नै विशेषता र परम्परा छन् । सिन्धुलीमा रहेको प्रख्यात कमलामाई मन्दिरमा माछाको समेत बलि दिइन्छ ।
कमलामाई नगरपालिका–४ मा रहेको मन्दिरको शुद्ध मनले दर्शन गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । प्रत्येक वर्ष माघे संक्रान्तिको अवसरमा कमलामाईमा लाग्ने मेला भर्न छिमेकी जिल्लाहरू श्रद्धालु भक्तजनको भीड लाग्ने गरेको छ ।
मन्दिरको नाममा रहेको २५ सय वर्ष पुरानो बहुमूल्य धातुको ‘मण्डमाला’ गहना पौष मसान्तको दिन कमलामाई देवीलाई लगाइदिएपछि उक्त मेला विधिवत् शुरु भएको मानिन्छ ।
कमलामाई मन्दिर र सदरमुकाम सिन्धुलीमाढीमा रहेका कालीमाई मन्दिर दिदीबहिनी भएको विश्वास गरिन्छ । भक्तजनहरू रातभरि कमलामाई मन्दिरमा जाग्राम बसी बत्ती बाल्ने बाल्ने र बिहानीपख झिसमिसेमा नै पाठी बलि चढाउने परम्परा रहेको मन्दिरका पुजारी नरनाथ भण्डारीले लोकान्तरलाई बताए ।
पुजारी भण्डारीले कमलामाई मन्दिरमा माछाको समेत बलि चढ्ने बताए । ‘प्राचीनकालमा बलि दिने पशुपक्षी फेला नपरेपछि एक भक्तालुले मन्दिर किनाराको माछा ल्याएर बलि दिएको विश्वास छ,’ मन्दिरमा भेटिएका पशुपति बाबाले बताए । केटिएम नेपाल !
No comments: