Top Ad unit 728 × 90

a
Ad Inside Post

नेपाली क्रिकेटर करोड रुपैयाँमा बिक्ने दिन टाढा छैन

काठमाडौं, पुस २७ – आउँदो चैत ५ गतेदेखि सुदूरपश्चिमको धनगढीमा हुने धनगढी प्रिमियर लिग अर्थात डिपिएल क्रिकेटका लागि गएको शनिबार खेलाडी किनबेच भयो ।
काठमाडौंमा भएको अक्सन अर्थात बोलकबोलमा खेलाडी किन्न ६ वटा टिमले ४६ लाख ८५ हजार रुपैयाँ खर्च गरे । खेलाडी किनबेचका लागि सबैभन्दा धेरै विनोद भण्डारी क्याप्टेन रहेको कन्चनपुर आइकनिकले ८ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ ।
सागर पुन, सोमपाल कामी, करण केसी र मेहवुव आलम सबैभन्दा धेरै १÷१ लाखमा अनुबन्ध भए । एउटा सहरमा केही व्यक्तिको प्रयासले सुरु हुन लागेको यति ठूलो क्रिकेट प्रतियोगितालाई कसरी सम्पन्न होला भनेर धेरैले चासो पनि राखेका छन् । सुदूरपश्चिमको धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउन लागिपरेका अभियन्ता सुवास शाहीले नै धनगढी प्रिमियर लिग डिपिएल को अग्रसरता लिएका छन् । डिपिएलका आयोजक सुवास शाहीसँग
अर्जुन पोख्रेल ले कुराकानी गर्नुभएको छ ।
नेपालको इतिहासमै क्रिकेट खेलाडीको किनबेच भएको छ, त्यो पनि तपाईंकै पहलमा । कत्तिको उत्साहित हुनुहुन्छ ?
– खुसीको त सीमा नै छैन् । नेपालमा पनि क्रिकेट खेलाडी अक्सनको माध्यमबाट ब्यावसायिक क्रिकेट खेल्न गैरहेका छन् । डिसिएलमा सानो रकमबाट सुरु गरेका प्रतियोगिता यहाँसम्म आइपुगेको छ । अब यसलाई सहरहरुको नामबाट किन प्रतिस्पर्धा नगराउने भनेर हामी लागेका छौं, र सफलताको संघारमा पनि छौं । सहरको नाम राख्दा अपनत्व बढ्छ भनेर सहरका नामबाट डिसिएलमा खेल्ने टोलीको नाम राखिएको हो ।
काठमाडौं भन्दा बाहिरको एउटा सहरले यति ठूलो प्रतियोगिता आयोजना गर्नको लागि कत्तिको संघर्ष गर्नुपर्यो नि ?
– हेर्नुस् हामीले केही कुरा गर्न सक्छौं भनेर भित्री मनदेखि चाह्यौ भने नसकिने केही पनि छैन । आफ्नो सोचाईलाई विश्वास गर्ने हो भने त्यसले असम्भव कुरालाई पनि सम्भव बनाइदिन्छ । यो त हाम्रो सानो प्रयास मात्र त थियो नि । विभिन्न समयमा हामीले विभिन्न प्रतियोगिताको गरेका थियौ ।
प्रतियोगिताको स्तर बढाउँदै जाँदा विभिन्न अफ्ठेरा त आए तर हामीले पार लगायौं । किनकी ठूलो उपलब्धी पाउन ठूलै चुनौति पार गरेर जानुपर्छ । यो त सुरुवात मात्रै हो, हामीले गर्नुपर्ने धेरै छ ।
व्यक्तिगत रुपमा दौडधुप चाँही कत्तिको गर्नुभयो ?
– हाम्रो यो यात्रा एसपिएकप सन् २०१० बाट सुरु भएको थियो । विजेता टोलीले २५ हजार रुपैयाँ पाउने र समग्र बजेट ४ लाख रुपैयाँ हुनेगरी त्यो बेला प्रतियोगिता भएको थियो । एसपिएलको चार वटा संस्करण र डिसिएलका तीन वटा संस्करण हुँदै हामी यहाँ आइपुगेका छाै ।
६ वटा टोलीले झण्डै ४७ लाख रुपैयाँ र खेलाडी किन्नमै खर्च गरे । त्यसबाहेक तपाईंहरुलाई प्रतियोगिताको लागि प्रायोजक खोज्नुपर्यो । धेरै प्रायोजक छन् । प्रायोजक जुटाउन कत्तिको सजिलो थियो त ?
– हिजो दिनमा क्रिकेटमा लगानी र प्रायोजक खोज्न जति गाह्रो थियो । अहिले त्यस्तो छैन । क्रिकेटमा पैसा खन्याउने व्यापारी पनि जन्मेका छन् । त्यो माथि धनगढी क्रिकेटको सहर बन्ने प्रक्रियामा छ, त्यसको लाग त्यहाँका व्यापारी लगानी गर्न तयार छन् । हाम्रो कामसँग जोडिदा, हाम्रो कामलाई जोडेर ब्रान्ड स्थापित गर्दा उनीहरु साँच्चै खुसी छन् ।
अहिले क्रिकेटमा लगानी गरेमा त्यसको कयौं गुणा धेरै प्रतिफल पाउनेमा व्यापारिक घराना ढुक्क छन् । हिजो जतिधेरै कन्भिन्स गर्नुपथ्र्यो आज त्यस्तो छैन । सजिलो छ । हामीसँगै प्रायोजन गर्ने कम्पनी त छँदैछन्, ६ वटा टोलीसँग पनि धेरै प्रायोजक जोडिएका छन् । अहिले नै हेर्नुहोस हरेक टोलीले खेलाडी किन्न र ब्यवस्थापनको लागि ७५ लाख रुपैयाँसम्म खर्च गर्दैछन् । यो त धेरै ठूलो कुरा हो नी ।
भनेपछि नेपाली क्रिकेटको क्षेत्रमा लगानी आउने शुभ संकेत हो यो ?
– मेरो अगाडि त क्रिकेटको सुनौलो भविष्य रहेको प्रष्ट चित्र छ । हामीले यो प्रतियोगिताबाट अन्य क्षेत्रमा पनि प्रभाव पर्नेछ भन्नेमा ढुक्क छौं । ६ वटा टिममा लगानी गर्ने सबै लगानीकर्ता धनाढ्य होइनन् । कतिपयले त जर्सी बेचेर पनि लगानी गरेका छन्, टोलटोलमा अभियान चलाएर पैसा जुटाउनुभएको छ ।
विस्तारै उहाँहरुलाई सजिलो हुँदै जान्छ । हामीले खेलाडी किन्न एउटा टिमलाई साढे ८ लाख रुपैयाँको सीमा दिएका थियौ, सीमा नदिएको भए त करोडौं लगानी पनि त गर्न सक्थे नि । एउटै त्रिकेट खेलाडीले १० लाख रुपैयाँ कमाउने दिन टाढा छैन । ठूला ठूला व्यापारी र उद्योगपतिलाई हाम्रो अवधारण बुझाउन सकियो भने त करोडौं रुपैयाँ खेलाडीमा लगानी गर्ने दिन मैले देखेको छु ।
तस्बिर : डिपिएलका आयोजक सुवास शाहीको फेसबुकबाट

नेपाली क्रिकेटर करोड रुपैयाँमा बिक्ने दिन टाढा छैन Reviewed by a on 3:24 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.