Top Ad unit 728 × 90

a
Ad Inside Post

आजदेखि एक महिने स्वस्थानी व्रत आरम्भ

पुस २८, काठमाडौं । आज पौषशुक्ल पूर्णिमा अर्थात एक महिनासम्म सम्पूर्ण हिन्दू नेपालीका घरघरमा श्री स्वस्थानी परमेश्वरीको व्रतकथा प्रारम्भ भएको छ । यस अवसरमा आजैदेखि माघशुक्ल पूर्णिमासम्म श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजाआराधना गरी कथा सुन्ने–सुनाउने गरिन्छ ।
आज पौस महिनानै भएपनि आजैदेखि पूर्णिमा तिथि आरम्भ हुने हुनाले आजदेखि नै पूर्णिमा व्रत बस्ने र श्री स्वस्थानी व्रत पनि सुरु भएको हो । धेरै जसो यो व्रत माघबाट शुरु हुन्छ किनकी पौस शुल्कपूर्णिमा माघ अर्थात पुस जुन महिनामा परेपनि हामी यहि दिनदेखि व्रत प्रारम्भ हुने गर्दछ ।
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले ‘महादेव स्वामी पाऊँ’ भनी बालुवाको शिवलिङ्ग बनाई श्री स्वस्थानीको व्रत गर्नुभएको र मनोकांक्षा पूर्ण भएपछि उहाँकै आज्ञानुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि श्री स्वस्थानीको व्रत प्रारम्भ गरिएको धार्मिक विश्वास छ ।
यस पर्वमा विशेषगरी महिलाहरू बिहान सबेरै उठी स्नान गरेर नित्य मध्याह्न महादेवको पूजा आराधना गर्नुका साथै कतिपयले एक महिने व्रत समेत बस्ने गर्छन् ।
श्री स्वस्थानी परमेश्वरीको व्रत बस्नाले यस लोकमा सुख, समृद्धि प्राप्त भई मृत्युपछि कैलाशमा पनि वास हुने विश्वास लिइएको छ । काठमाडौँ उपत्यकाबाट करिब चार कोस पूर्व शालीनदीमा महिनाभर विशेष मेला लाग्छ भने कतिपय महिला त्यहींँ बसेर एक महिनासम्म नै विशेष विधिपूर्वक श्री स्वस्थानीको व्रत बस्छन् । शालिनदीमा एक महिनासम्म ठूलो भिड लाग्ने गर्दछ ।
आनन्द अमृत बाट साभार

आजदेखि एक महिने स्वस्थानी व्रत आरम्भ Reviewed by a on 9:20 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.