Top Ad unit 728 × 90

a
Ad Inside Post

पृथ्वीनारायण शाहलाई सम्झिएर कीर्तिपुरमा किन यो ढुङ्गालाई पूजा गरिन्छ?

कीर्तिपुरको देवढोका नजिकै अलि भिरालो ठाउँमा यो ढुङ्गा रहेको छ। कीर्तिपुरको मुख्य तथा पुरानो बस्ती यसै पनि स-साना गल्लीहरुले भरिएको छ। त्यस्तै एउटा गल्लीको बाटैमा यो ढुङ्गा र त्यसमा पूजा गरिरहेको हामी देख्न सक्छौँ। खासमा पृथ्वीनारायण शाहलाई सम्झिएर यस्तो पूजा गरिने रहेछ। किन त? आज पुस २७ गतेका दिन यहाँ यसैबारे जानकारी दिन एउटा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमका आयोजकहरुले यसबारे प्रष्ट पारे।
कुरा हो २८ मे, १७५७ को।
पृथ्वीनारायण शाह कीर्तिपुर हान्न तयार भएका थिए। हुनत उनलाई अहिले बेला भएको छैन भनेर सुझाव नआएको होइन। तर उनले मानेनन्। यसको सुइँको पाएपछि कान्तिपुरका राजा जयप्रकाश मल्ल, ललितपुरका राजा विश्वजित मल्ल र भक्तपुरका रणजित मल्ल गरी तीनै वटा राज्यका राजाले संयुक्त फौज पठाए। तीन राज्यको संयुक्त सैनिक संख्या ३ हजार जति थियो। जयप्रकाश मल्लले नगरकोटे सेना सहित युद्धको नेतृत्व गरे। विश्वजित मल्लले ललितपुरे सेनाको नेतृत्व गरे र भक्तपुरको नेतृत्व चाहिँ एक जना सेनापतिले लिए।
कालु पाँडेको नेतृत्वमा कीर्तिपुर हान्न गोर्खाली सैनिकहरु दहचोकबाट कीर्तिपुरका पाखामा आएर ढोका ढकढकाउन थाले। वास्तविक लडाईं चाहिँ कीर्तिपुरको उत्तर र पूर्वी फाँटमा भय । मे २८ १७५७ मा गोर्खाली फौजले गरेको यो आक्रमणमा मल्ल फौजले संयुक्त प्रतिकार गरे। बल्खु खोलाको किनारामा ६ घन्टासम्म ठूलो लडाइँ भयो। लडाइँमा ४०० गोर्खाली सैनिक सहित काजी कालुपाँडे पनि मारिए।
पृथ्वीनारायण शाह पनि घेरामा परेका थिए। उनी भाग्दै गर्दा कीर्तिपुरको यही ठाउँमा यही ढुंगामा चिप्लिएर लडे। यत्तिकैमा एक मल्ल सैनिकले पृथ्वीनारायण शाहलाई मार्न हतियार उठाए। त्यसैबेला अर्को सैनिकले राजालाई सिपाहीले मार्नु हुँदैन भनेर हतियार चलाउन दिएनन्। पृथ्वीनारायण शाह मृत्युको मुखबाट भागेर गए।
तेस्रो पटकको युद्धमा पृथ्वीनारायण शाहले कीर्तिपुर जिते। तर पहिलो पटकको युद्धमा पृथ्वीनारायण शाह जुन ढुङ्गामा चिप्लिएर लडेका थिए, कीर्तिपुरवासीहरुले त्यही ढुंगालाई आफ्नो रक्षकका रुपमा देवताका रुपमा पूजा गर्दै आइरहेका छन्। यो त्यही ढुंगा रहेछ।mysansar

पृथ्वीनारायण शाहलाई सम्झिएर कीर्तिपुरमा किन यो ढुङ्गालाई पूजा गरिन्छ? Reviewed by a on 6:42 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.