Top Ad unit 728 × 90

a
Ad Inside Post

अब दुलाहा पक्षले दुलहीलाई कपडा तथा बढीमा ४० ग्राम सुन मात्र दिन पाउने कानुनि ब्यबस्ता

काठमाडौं, पुस १९ > विवाहमा लेनदेन हुने दाइजोलाई नियन्त्रण गर्ने कडा प्रावधानसहितको कानुन बनाउने तयारी थालिएको छ । दाइजो नियन्त्रण सम्बन्धी कानुन पुरानो भएको र प्रभावकारी समेत नभएकाले व्यवस्थापीका संसदले नयाँ कानुन बनाउन लागेको हो ।देशका विभिन्न भागमा दाइजोकै कारण हिंसात्मक घटना बढीरहेकाले दाइजोलाई दण्डनीय बनाई नियन्त्रण गर्ने कानुन बनाउन लागिएको हो । ४ दशकअघि बनेको सामाजिक व्यवहार सुधार ऐन भने खारेज हुनेछ ।
प्रस्तवीत नयाँ विधेयकमा विवाहमा दवाब दिई दाईजो दिन लिन नहुने व्यवस्था गरिएको छ । सामाजिक व्यवहार सुधार गर्न प्रस्तावित नयाँ विधेयकको दफा ४ ले राजीखुशीले दिइने उपहारको पनि सीमा तोकिएको छ । त्यसमा दुलाहा पक्षले दुलहीलाई कपडा तथा बढीमा ४० ग्राम सुन वा त्यस बराबरको प्रचलित मूल्यले हुने रकमको गहना राजीखुशीले दिन सकिने उल्लेख छ ।
त्यसबाहिर गई दबाब वा करकापमा पारी दाइजो लेनदेन गरेमा विगो जफत गरी सोही बमोजिम जरिवाना वा ३ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था प्रस्ताव गरिएको छ । त्यसैगरी दाइजो वा तिलक लेनदेनसम्बन्धी कुनै सम्झौता भए यही कानुनअनुसार स्वतः बदरभागी हुनेछ ।
यसअघिको कानुनमा विवाहमा ५१ जना जन्ती जान सक्ने व्यवस्था भए पनि सबैतिरबाट त्यसको उलंघन गरिएको थियो । प्रस्तावीत कानुनमा भने जन्ती संख्या बढाएर एक सय ५० पुर्याइएको छ । जन्तीमा सहभागीलाई नगद वा जिन्सी उपहारसमेत दिन नमिल्ने भनिएको छ ।
(कान्तिपुर दैनिकबाट)

अब दुलाहा पक्षले दुलहीलाई कपडा तथा बढीमा ४० ग्राम सुन मात्र दिन पाउने कानुनि ब्यबस्ता Reviewed by a on 5:52 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.