अब मोबाइल चार्ज गर्न बिजुली नचाहिने
कहिलेकाही तपाई मोबाइलमा चार्ज सकिएर समस्यामा पर्नु भएकै होला । अझ काठमाडौं त केहि समदेखि मात्र विद्युत आपूर्ति सहज भइरहेको छ ।
अन्यथा दैनिक १८ घण्टासम्मको लोडेडिङको मार खेपेको अवस्थामा मोबाइलमा चार्च नहुनु स्वभाविकनै हो । यसरी स्मार्ट फोनमा चार्जसकिए अब बिजुली नचाहिने भएको छ ।
एउटा यस्तो यन्त्रको विकास गरिएको छ जसले विद्युत नभएको बेला पनि मोबाइल चार्ज गर्न सकिनेछ ।
ह्याण्ड इनर्जी नामक यो नयाँ यन्त्रले भने तपाईंको शरीरको उर्जालाई प्रयोग गरेर मोबाइल चार्ज गर्नेछ ।
एउटा स्याउको आकारको यो यन्त्रबाट मोबाइल चार्ज गर्न एउटा हातमात्र लाग्नेछ । यो यन्त्रलाई हातमा लिएर त्यसलाई घुमाइराखे, तपाइँको शरीरबाट निस्केको उर्जालाई यसमा स्टोर गरेर राख्छ । सो यन्त्रलाई मोबाइलमा युएसबीको मद्दतले जोडेपछि त्यसले माबाइल चार्ज गर्न सकिनेछ ।
यसका संस्थापक एलेक्स नोभिका अनुसार अहिले उक्त यन्त्रमा १ हजार एमएएच मात्र क्षमता रहेको छ जसले गर्दा यसले तपाईंको फोनलाई एकैपटकमा पूर्णतः चार्ज गर्न सक्नेछैन । तर, आपत्त परेको बेला भने निकै बेर चार्ज गर्न सक्छ ।
यो प्रविधि सन् २०१७ को मेमा यो व्यवसायिकरुपमा ल्याइने जनाइएको छ ।
अब मोबाइल चार्ज गर्न बिजुली नचाहिने
Reviewed by a
on
7:23 PM
Rating:
No comments: