Top Ad unit 728 × 90

a
Ad Inside Post

जन्मेको ३ घण्टामै अस्पतालबाट शिशु चोरी, अस्पतालमै प्रशासनको बैठक, सडकमा विरोध

पर्सा, माघ २१ – वीरगञ्जको नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको छ । अस्पतालमा प्रसुती भएको ३ घण्टामै नवजात शिशु हराएको हो । दिउँसो १ देखि २ बजेको बिचमा बच्चा चोरी भएको स्थानीय बासिन्दाले बताएका छन् ।
अस्पतालबाट नवजात शिशु चोरी भएपछि अहिले अस्पतालमा स्थानीय बासिन्दाको भिड लागेको छ । अस्पताल र स्थानीय प्रशासनको अस्पतालमै बैठक चलिरहेको छ ।
वीरगञ्ज उपमहानगरपालिका–२ छपकैया निवासी मुकेश पासवानको बच्चा जन्मिएको ३ घण्टामै अस्पतालबाट हराएको हो । १० बजेर ४० मिनेटमा बच्चा जन्मिएको थियो । नवजात शिशुलाई वार्डमा सारेपछि एक जना अपरिचत महिला बच्चा खेलाउन आएको र बच्चाको हजुर आमालाई दुध बिस्कुट ल्याउन पठाएको र त्यही बेलामा बच्चा लिएर गएको बच्चाको हजुरआमा रमावती देवीको भनाई छ । दुई बजेको आसपासमा ति अपरिचित महिलाले बच्चा लिएर गएको बताइएको छ । अस्पताल प्रशासनले शंकाको आधारमा दुईजनालाई नियन्त्रणमा लिएको नवजात बच्चाका बुवा मुकेश पासवानले बताउनु भयो ।
बच्चा लग्ने महिला सजिलै अस्पतालबाट निसक्न सफल भइन् । अस्पतालको बेडमा आफ्नो बच्चा नदेखेपछि आमा आशादेवीले परिवारलाई जानकारी दिनु भएको थियो । अहिले अस्पताल अगाडिको रोडमा स्थानीय बासिन्दाले टायर बालेर प्रदर्शन गरिरहेका छन् । बीरगंजको अस्पतालमा यस्तो घटना पहिलो पटक भएको बताइएको छ ।

जन्मेको ३ घण्टामै अस्पतालबाट शिशु चोरी, अस्पतालमै प्रशासनको बैठक, सडकमा विरोध Reviewed by a on 4:54 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.