Top Ad unit 728 × 90

a
Ad Inside Post

केटाहरुले यसकारण मन पराउँछन् आफूभन्दा जेठी महिला


भनिन्छ प्रेममा जातपात, रुपरंग तथा उमेरले कुनै बन्देज लगाउँदैन । तरपनि प्रायः विवाहमा केटा भन्दा केटीको उमेर कम नै भएको पाइन्छ ।मानिसहरु कोही केटाको लागि केटी खोज्दा केटाभन्दा कम उमेरकै केटी खोज्ने गर्दछन् । पति घरको मुख्य मान्छे हुने र पत्नीभन्दा बढि अनुभवीसँगै समझदार पनि हुनु आवश्यक हुने मान्यताका कारण यस्तो भएको हुनसक्छ ।


तर समयमा आएको बदलाव सँगै प्रेम तथा दाम्पत्य सम्बन्धको परिभाषामै बदलाव आएको छ । उमेरको यस्तो अन्तरले प्रेम तथा सम्मानको भाव दर्साउने गरेकेा छ ।केटाहरु आफुभन्दा कान्छी होइन आफ्नो भन्दा बढि उमेरकी केटीहरु मन पराउन थालेका छन् । विश्वमा धेरै सेलिब्रेटी जोडीहरु यसका उदाहरण बनिसकेका छन् । सेलिब्रेटी मात्र होइन भुइँमान्छेहरुमा पनि यो ट्रेण्ड विस्तारै स्थापित हुँदैछ । खासगरी पुरुषहरुमा आएको सोँचाइको बदलाव यसको मुख्य कारक हो । यसका अन्य कारणहरुमा:

जिम्मेवारी जिवनसाथीको चाहना बढ्नु: जिवनसाथीको मामिलामा अब पुरुषहरुको चाहना भनेको जिम्मेवार तथा काँधमा काँध मिलाएर अघि बढ्ने महिलाहरु हुन्छन् ।उमेरले आफुभन्दा जेठी महिलाहरु अनुभवी तथा समझदार हुन्छन् भने आत्मविश्वासी भई हरेक कठीन परिस्थितिमा राम्रो निर्णय गर्न सक्दछन् । त्यसैले पुरुषहरुले यस्ता जिवनसाथीमाथि बढि भरोसा राख्न सक्दछन् ।

हस्तक्षेपबाट टाढा प्रायः बढि उमेरका महिलाहरु स्वतन्त्र, आत्मनिर्भर तथा पेशा व्यवसायमा दख्खल भएका नै हुन्छन् । उनीहरु बिहेपछि पतिको जिवनशैलीमा कुनै दखल पूराउँदैनन् ।यस्तो भयो भने पुरुषले आफ्नो परिवारप्रति निश्चिन्त भएर आफ्नो काममा मन लगाउन सक्दछ । बढि उमेरका केटीहरु प्रायः आफ्नो नाता समबन्ध, कर्तव्य तथा जागिरप्रति बढि इमान्दार हुन्छन् । र, आखिर यस्तो पाएपछि केटालाई के नै चाहियो र ?


नाता सम्बन्धलाई सम्हाल्ने: नाता सम्बन्धको विषयमा बढि उमेरका केटीहरुको सोँचाई सफा हुन्छ । उनीहरुलाई इमोसनल तथा दिमागी सम्बन्धलाई कसरी सम्हाल्ने भन्ने ज्ञान हुन्छ ।त्यसैले पुरुषहरु यस्तो खुबी भएका महिलालाई पहिलो रोजाइमा पार्दछन् । हरेक पुरुष आफ्नो प्रेमिका वा पत्नीमा आफ्नी आमालाई देख्न चाहन्छ जसले उसलाई निस्वार्थ प्रेम गर्दछ । एक परिपक्व महिलामा यी गुण हुन्छन् ।

आर्थिक रुपमा सक्षम: करिअर तथा पैसाको मामिलामा बढि उमेरका महिलाहरुको जिवन एक प्रकारले सेट भैसकेको हुन्छ । आवश्यक परेको बेलामा आफुलाई सहायता गर्न पनि सक्ने र आत्मनिर्भर तथा सक्षम यस्ता महिलाहरु पुरुषको पहिलो रोजाइमा पर्दछन् । पार्टनरको रुपमा कदम मा कदम मिलाएर अघि बढ्ने महिला कसलाई मन नपर्ला

केटाहरुले यसकारण मन पराउँछन् आफूभन्दा जेठी महिला Reviewed by a on 2:20 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.