फेरि किन लुकाइयो इन्धन ?
१६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट फर्किपछि र मधेसवादी दलहरुले पुनः आन्दोलन चर्काउने भन्न थालेपछि हल्लैहल्लामा फेरि एकपटक पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास अभाव हुन थालेको छ ।
ग्यासको अभाव केही दिन अघिदेखि नै जारी रहेकोमा राजधानीका अधिकांश पेट्रोल पम्पहरुले सोमबार पेट्रोल छैन भन्ने बेहोराका सूचना टाँसेका थिए ।झन्डै चार महिनासम्म चरम इन्धन अभाव भोगेका सर्वसाधारण जनता पछिल्ला घटनाक्रमले पुनः एकपटक त्रासमा परेको पाइएको छ । यो अवस्थाले गर्दा उनीहरु जसरी हुन्छ इन्धनको जोहो गर्ने ध्याउन्नमा लागेका छन् ।
नाकाबन्दी खुले पनि कुल मागको ७० प्रतिशत इन्धनमात्र भारतीय आयल निगमले नेपाल आयल निगमलाई उपलब्ध गराइरहेको समयमा नाकाबन्दीको हल्लाले तीन दिनयता थप तेल अभाव भएको छ ।
सर्वसाधारणले आवश्यकताभन्दा बढी तेल जम्मा गर्न थालेको मात्र नभई कालोबजारी गर्ने व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गर्न खोजेको उपभोक्ता अधिकारकर्मी र सरकारी अधिकारीहरुको कथन छ । समाचारपत्रमा समाचार छ ।
Reviewed by a
on
2:36 AM
Rating:
No comments: