Top Ad unit 728 × 90

a
Ad Inside Post

अर्चनाको नाम बाटनै फिल्म बन्ने,गल्ति स्विकार्दै मागे माफि निर्देशक गिरीले

पत्रकार भेटघाटमा निर्देशक राजु गीरीले आफुबाट गल्ति गरेको भन्दै माफि मागेका छन् । केहि दिन अघि चलचित्र बिकास बोर्ड बाट बिना अनुमतिनै फिल्म झिस्मको छायाङकन गरेको भन्दै कास्कि प्रहरीले फिल्मको युनिट र सामान जफत गरेको थियो । चलचित्र बिकास बोर्डबाट अनुमति नलिईकन निर्देशक गिरीले फिल्म छायाङकन गरेको सयंमले स्विकार गरीसकेर पनि आफुले गल्ति गरेको भन्दै माफि मागेका छन् ।

साथै पत्रकार भेटघाटमा निर्देशक गीरीले राज्यले बनाएको नियमलाई उलङघन गर्न खोजेर ठुलो अपराध गरेको भन्दै एक पटकलाई माफि दिन सबैलाई आग्रह पनि गरेका छन् । निर्देशक गीरीले अन्जानमा गल्ति भएको बताए, साथै अरुलाई पनि यसरी गल्ति नगर्न आग्रह पनि गरेका छन् ।
चलचित्र बिकास बोर्डको प्रसंसा गर्दै निर्देशक गीरीले

यस्तो गल्ति नगर्ने पनि बताएका छन् । त्यस्तै चलचित्र बिकास बोर्डले आँखा खोली दिएको पनि बताए । फिल्म निर्माणमा निकै समय भैसक्दा पनि कतिपय कुराहरुमा अनबिज्ञ रहेको बताए । पत्रकार भेटघाटमै निर्देशक गिरीले फिल्मको नाम झिस्म बाट परिवर्तन गरेर “अर्चना” राखिएको पनि बताएका छन् । पत्रकार भेटघाटमा फिल्मकी मुुख्य कलाकार अर्चना पनेरु पनि उपस्थित भएकी थिईन् ।

निर्देशक गिरीले माफि मागिसकेपछि र फिल्मको नाम समेत परिवर्तन गरेपछि चलचित्र बिकास बोर्ड पनि ईजाजत दिने सोचमा रहेको बुझिएको छ । फिल्मको युनिटलाई तारीखमा छाडेपनि युनिटको सामान भने प्रहरीको नियन्त्रनमा नै रहेको छ । फिल्मको मुख्य कलाकार अर्चना बाटनै फिल्मको नाम राखिएको निर्माण पक्षको भनाई छ ।

अर्चनाको नाम बाटनै फिल्म बन्ने,गल्ति स्विकार्दै मागे माफि निर्देशक गिरीले Reviewed by a on 7:19 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.