Top Ad unit 728 × 90

a
Ad Inside Post

अब यो एपले बताइदिनेछ खानेकुराको पोषक तत्व


अमेरिकी वैज्ञानिकहरुले एउटा यस्तो नयाँ मोबाइल एपको विकाश गरेका छन् जसले मोटोपनासँग जुधिरहेका मानिसहरुलाई आफ्नो खानपान नियन्त्रण गर्नमा सहयोग मिल्नेछ ।यो एपको सहयोगले प्रयोगकर्ताहरुले आफ्नो खानेकुराको बारेमा बोलेर सो खानेकुरामा कति पोषक तत्व छ भन्ने कुरा थाहा पाउनेछन् ।

म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका शोधकर्ताहरुका अनुसार यो एप त्यस्ता व्यक्तिहरुका लागि आफ्नो खानपानको हिसाब राख्न उपयोगी हुनेछ जो सँग सबै कुरा सम्झिने तथा जानकारी राख्ने फुर्सद हुँदैन ।यो एप डाउनलोड गरेपछि प्रयोगकर्ताले आफ्नो मोबाइलमा आफुले खान लागेको खानेकुराको बारेमा बोलेर जानकारी दिनुपर्नेछ।

प्रयोगकर्ताले बोलेर दिएको जानकारीका आधारमा यो एपले उक्त खानेकुराबाट कति क्यालोरी प्राप्त हुन्छ र कुन मात्रामा पोषक तत्व मिल्दछ भन्ने जानकारी दिनेछ ।प्रयोगकर्ताले बोलेर विवरण उपलब्ध गराएसँगै सम्बन्धित खानेकुराको तस्वीरको साथै विस्तृत जानकारी मोबाइलको स्क्रिनमा डिस्प्ले हुनेछ । यसबाट प्रयोगकर्ताले आवश्यकता अनुसार आफ्नो खानेकुराको सामाग्री घटबढ गर्न सक्दछन् ।

अमेरिकी कृषि विभागको डाटाबेसको आधारमा यो एपले खानामा विद्यमान पोषक तत्वको हिसाब गरेर जानकारी प्रदान गर्ने बताइएको छ ।चीनको शांघाइमा भएको इन्टरनेसनल कन्फरेन्स अन अकस्टिक्स, स्पीच एण्ड सिग्नल प्रोसेसिंगका दौरान यो प्रविधिको प्रोटोटाइप पेश गरिएको छ ।
यो एपले मानिसलाई आफ्नो खानपानमा नियन्त्रण गर्न, सन्तुलित भोजन गर्न तथा वजन कम राखेर फिट तथा स्वस्थ बन्न मद्धत गर्ने दाबी शोधकर्ताहरुको छ ।

अब यो एपले बताइदिनेछ खानेकुराको पोषक तत्व Reviewed by a on 2:11 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.