Top Ad unit 728 × 90

a
Ad Inside Post

सावधान! छातीको क्यामराले समाउला

काठमाडाैं / सवारी चलाउँदा सडक लेन मिच्दै हुनुहुन्छ ? सावधान! तपाईंको गल्ती अडियो/भिडियोयुक्त क्यामरामा कैद हुनेछ र तुरुन्तै कारबाहीमा पर्नुहुनेछ। भागे पनि ट्राफिक प्रहरीको मोटरसाइकलले पछ्याएरै तपाईंलाई दण्डित गर्नेछ। लेन मिच्ने र भाग्ने क्रम बढेपछि ट्राफिक प्रहरीकै छातीमा ‘गोब्रो’ क्यामरा

जडान गरेर प्रमाण कैद गर्ने नयाँ रणनीति अपनाएको उपत्यका ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्यालले बताए। क्यामरासहितको लेन अनुशासन कारबाही सञ्चालन गरेको ८ दिनमा १३ सय २४ जना कारबाहीमा परिसकेका छन्।
‘पिक आवर’ मा मोटरसाइकलसहित छातीमा क्यामरा जडित प्रहरी परिचालन गरिएको उनले जनााए।

‘बिहान ९ देखि ११ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म मोटरसाइकल चलाउने ट्राफिकको छातीमा क्यामरा जडान गरिएको छ,’उनले भने,‘अफिस जाने र फर्कने समयमा प्रत्येक व्यक्ति हतारमा देखिन्छन्, लेन मिचेर अर्को सवारी साधनलाई ओभरटेक गरेर अगाडि जान चाहन्छ।’ लेन मिचेर उल्टै ट्राफिक प्रहरीसँग अपशब्द प्रयोग गर्नेको प्रमाणसहित पुष्टि गर्न अडियो/भिडियोसहितको क्यामरा प्रयोगमा ल्याइएको उनले बताए।

अर्यालका अनुसार ‘गो प्रो’ क्यामराले ५ मिटरसम्मको अडियो रेकर्डिङ र लामो दूरीसम्म तस्बिर कैद गर्नेछ। ‘लेन मिच्ने र उल्टै ट्राफिकले त्यतिकै कारबाही गरेको भनेर जिद्दी गर्नेलाई प्रमाणसहित देखाउन नयाँ रणनीति अपनाएका हौं,’उनले भने,‘भाग्यो भने पछ्याउनलाई मोटरसाइकलसमेत उपलब्ध गराएका छौं।’

पछिल्लो पटक लेन मिच्ने चालक संख्या निकै बढेको उल्लेख गर्दै उनले अत्यधिक संख्यामा कारबाहीसमेत गरेको बताए। सादा पोसाकका प्रहरीलाई पनि सडकका विभिन्न स्थानमा परिचालन गरिएको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ।

सावधान! छातीको क्यामराले समाउला Reviewed by a on 6:41 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.