Top Ad unit 728 × 90

a
Ad Inside Post

आठ प्रकारका कपडामा सेना आत्मनिर्भर, चुस्ता र बुटमात्रै बाहिरबाट खरिद

१७ चैत, काठमाडौं । सैनिक पोसाकमा नेपाली सेना आत्मनिर्भरता उन्मुख भएको छ । करिब १ लाख जनशक्ति रहेको सेना आन्तरिक उत्पादनबाटै ८ प्रकारका लत्ताकपडामा आत्मनिर्भर बनेको हो ।


फौजी चुस्ता, ज्याकेट, सर्टपाइन्टसहितका जंगी पोसाक, आन्तरिक तथा बाहृय बजारबाट खरिद गर्दै आएको सेनाले करिब साढे ४ लाख सेट मन्डी (ब्ल्यांकेट), झुल, ट्राउजर, गन्जी, ऊनीका मोजा, क्यापलगायत कपडा अाफ्नै उद्योगबाट उत्पादन गर्दै आएको आजको कारोबारमा समाचार छ ।

आन्तरिक खपतबाहेक सेनाले सुन्धाराबाट सर्वसाधारणलाई पनि मन्डी बिक्री गर्दै आएको छ । सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीका अनुसार आगामी आर्थिक बर्षदेखि सेना ऊनीका स्विटर र प्लास्टिक नेमप्लेट पनि उत्पादनको तयारीमा छ ।सेनाल


केही साता अघिमात्रै काठमाडौं महानगरपालिकाभित्र ४ करोड ४० लाख रुपैयाँ चुक्तापूँजी रहेको कपडा उद्योग सञ्चालन अनुमति पाएको छ ।मुख्यालय सहित देशभरका पृतना, बाहिनी, शिक्षलय, गण/गुल्मलगायत युनिटमा कार्यरत जनशक्तिका लागि सेनालेहाल सैनिक सामाग्री उत्पादन गर्दै आएको छ ।

आठ प्रकारका कपडामा सेना आत्मनिर्भर, चुस्ता र बुटमात्रै बाहिरबाट खरिद Reviewed by a on 7:14 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.