Top Ad unit 728 × 90

a
Ad Inside Post

किन चाहिन्छ ‘भिटामिन बी कम्प्लेक्स’

भिटामिन बी कम्प्लेक्स पानीमा घुलनशील भिटामिन हो । भिटामिन बी कम्प्लेक्सको कमी भएमा स्मरण शक्ति कमजोर हुनुका साथै थकान महसूस हुने र डिप्रेशन पनि हुनसक्छ ।

स्वस्थ रहन तथा शरिरलाई सुचारु रुपमा चलाउन भिटामिन्स र माइक्रोन्यूट्रियन्टको जरुरी हुन्छ । किन भिटामिन बी कम्प्लेक्स भिटामिन बी कम्प्लेक्सले शरिरमा मोटाबलिज्म बढाउछ । मोटाबलिज्मले पोषक तत्वलाई शक्तिमा बदल्ने काम गर्छ । यसले डिएनए बनाउने काम पनि गर्छ । राता रक्तकोष निमार्ण पनि भिटामिन बी कम्प्लेक्सले गर्छ । यसले शरिरको बिभिन्न भागका लागि प्रोटीन बनाउने काम पनि गर्छ ।

कमी भए के हुन्छ ? हात/खुट्टा झमझम गर्ने हात/खुट्टा पोल्ने स्मरण शक्ति हस कमजोरी महसूस हुने थकान डिप्रेशन भिटामिन बी कम्प्लेक्सको स्रोत मासुजन्य पदार्थ दूधजन्य पदार्थ (दूध, दही,पनीर, चीज आदी) जमीन भित्र फल्ने फल (आलू, गाजर, मूला, सलगम, तरुल आदी) भिटामिन बी बिभिन्न रुपमा पाइन्छ । बी १, बी२, बी३ र बी १६ । यी चार तत्वको सम्मिलित रुप नै भिटामिन बी कम्प्लेक्स हो । भिटामिन बीको पहिलो सदस्य ‘थाइमीन’ हो ।

त्यसैले यसलाई बी१ भनिन्छ । यसले स्नायु र पाचन प्रणालीलाई स्वस्थ राख्छ । रोग प्रतिरोध क्षमता बढाउछ । बी१ को कमी भएमा भोक नलाग्ने, कमजोर हुने हुन्छ । यसको कमीले मानसिक समस्या पनि हुन्छ । यो चामल, गहू, जौ, सोयाबीन, केराउ, बदाम आदीमा पाइन्छ । भिटामिन बी२ लाई ‘राइबो फ्लोबिन’ पनि भनिन्छ । यो मुख र आखाका लागि आवश्यक हुन्छ । यसको कमीले जिब्रो रातो हुने, मुखको छाला निस्कने, आँखा कमजोर हुने, जिब्रोमा घाउ आउने जस्ता समस्या देखिन्छ । यो दूध, दही, बिभिन्न अनाज, हरियो सागसब्जिमा पाइन्छ ।

भिटामिन बी६ लाई ‘पाइरीडाक्सिन’ भनिन्छ । यो छालाको लागि आवश्यक हुन्छ । यो अनाज, दूध, कलेजो, मासु आदीमा पाइन्छ । भिटामिन बी१२ को रासायनिक नाम ‘सायनोकाबालामीन’ हो । यो छाला, हड्डी, काशिका, मांसपेशिका लागि आवश्यक हुन्छ । यो मासु, माछा, अण्डा आदीमा पाइन्छ । भिटामिन बी कम्प्लेक्समा नाइकोटोनिक एसिड, बायोटीन, पैन्टोथेनिक एसिड र फोलिक एसिड पनि पाइन्छ । एजेन्सि swasthyakhabar

किन चाहिन्छ ‘भिटामिन बी कम्प्लेक्स’ Reviewed by a on 3:20 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.