Top Ad unit 728 × 90

a
Ad Inside Post

सेना-प्रहरीले किन छाड्दै छन् धमाधम जागिर ?

काठमाडौं, १७ चैत । नेपालका सुरक्षाकर्मीले युद्ध लड्नुपर्दैन । माओवादी युद्ध अन्त्यपछि उनीहरुलाई मुलुकभित्र देखिने गरी खतरा छैन ।


यसको मतलब युवाका लागि सुरक्षा अंग रोजगारीको आकर्षक गन्तव्य बन्नु पर्ने हो । तर सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तल्लो तहमा कार्यरत युवाले स्थायी जागिर र पेन्सन सुविधालाई बेवास्ता गर्दै जागिर छोड्ने क्रम जारी छ ।

सशस्त्र प्रहरीको जवान पदमा आठ वर्ष काम गरेपछि दीपक गिरीले २०७१ पुसमा राजीनामा दिए । थप आठ वर्ष काम गरेको भए उनको पेन्सन पाक्थ्यो । जीवनभर पेन्सन खान पाउँथे ।

‘परिवारसंगको विछोड, कडा अनुशासनसहित २४ सै घन्टा सतर्क रहनुपर्ने र त्यसबापत १५ हजार रुपैयाँ पाइन्थ्यो । धेरै कुरा त राम्रा लाग्छन् । तर परिवार चलाउन गाह्रो भयो,’ उनले राजीनामा दिनुको कारणलाई नागरिकले लेखेको छ ।

नेपाली सेनाले नौ महिने तालिम पूरा गरी एक सैनिक जवान तयार गर्न करिब सात लाख ७० हजार रुपैयाँ र सैनिक अधिकृतको २४ महिने तालिम पूरा गर्न प्रतिव्यक्ति करिब २८ लाख रुपैयाँ लगानी गर्ने गरेको नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले बताए । अन्य विभागले पनि यही हाराहारीमा तालिममा लगानी गर्दछन् ।

राज्यले लगानी गरेर दिएको त्यही सीपको प्रमाणपत्रसहित वैदेशिक रोजगारीमा जाने तयारीमा दीपक जस्ता अरु धेरै युवा छन् । सुरक्षा निकायको रोजगारीमा यसरी बीचमै छाडेर बिदेश जाने तयारी गर्ने दीपक प्रतिनिधि पात्रमात्रै हुन् ।

नेपालको सुरक्षा अंगमा आठ वर्ष विताएका दीपकले तालिम, अनुभवका आधारमा खाडी र अन्य मुलुकमा सुरक्षा गार्डको काम सजिलै पाउँछन् । सीप र अनुभवका आधारमा उनले जुनसुकै मुलुक गएपनि ५० हजार नेपाली रुपैयाँ भन्दा बढी तलब पाउन सक्छन् ।

सेना-प्रहरीले किन छाड्दै छन् धमाधम जागिर ? Reviewed by a on 4:07 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.