Top Ad unit 728 × 90

a
Ad Inside Post

‘यो त पोर्न फिल्म हैन नी’

काठमाडौं । नग्नफोटो सुट गरेर चर्चामा आएकी ‘नट्टीखट्टी युवती’ अर्चना पनेरु अहिले राजु गिरीले बनाइरहेको चलचित्रमा खेलिरहेकी छन् ।

भारतको मुम्बईमा हुर्केकी अर्चनाको मुलघरचाहीँ कञ्चनपुर हो । यिनै अर्चनालाई राखेर नयाँ नेपाली फिल्मको सुटिङ शुरु भइसकेको छ जवकी चलचित्र विकाश बोर्डमा राजु गिरी फिल्मको दर्ता समेत नगराएको बताइएको छ । नाङ्गो फोटो खिच्ने अर्चनाका बारेमा मिडियाले पनि अर्चनाकै नाम जोडेर ‘जिस्म’को चर्चा छेडिदिए ।

तर आखिरमा दर्ता नै नगरी फिल्म सुटिङ गरेको भन्दै कास्की प्रहरीले उनीहरुलाई समात्यो र अहिले छाडिदिएको छ । यतिखेर जिस्म युनिट र विकाश बोर्डविच वाकयुद्ध शुरु भएको छ । दर्ता नै नगरी चलचित्र निर्माण थालेको भन्दै बोर्ड कारवाहीको मनस्थितिमा छ भने जिस्म टोली आफ्नै जिद्धिमा छ । यता, बोर्डका अध्यक्ष राजकुमार राईकै कारण जिस्म चलचित्र दर्ता गर्न नसकिएको गिरीले आरोप लगाएका छन् । तर विकाशबोर्डले भने जिस्ममा बढी यौनजन्य दृश्य र संवाद भएकाले निर्माण कम्पनीले दर्ता नगरीकनै छायांकन गर्न थालेको जिकिर गर्दै आएको छ ।

यता, चलचित्रकी ‘पुतली नायिका’ अर्चना भने आफ्नो पहिलो चलचित्र नै विवादमा परेपछि निराश भएकी छन् । उनले आफ्नो सपना पोर्न स्टार बन्ने भएपनि फिल्म भने पोर्न नभएको बताएकी छन् । निर्देशक गिरीको पनि उस्तै दावी छ तर उनी विकाश बोर्डमा चलचित्र दर्ता गर्ने र वानलाईन स्टोरी बुझाउने पक्षमा उनी छैनन् । दैनिक नेपाल डट कमबाट

‘यो त पोर्न फिल्म हैन नी’ Reviewed by a on 10:22 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.