Top Ad unit 728 × 90

a
Ad Inside Post

पाइलटले विमानका यात्रुसँग सँधै लुकाउने ७ कुरा

तपाइँले विमानको यात्रा गर्नु भएकै होला । गर्नु भएको छैन भनेपनि तपाइँलाई एउटा कुरा थाहा पाउँदा अचम्म लाग्न सक्छ । विमान चालक पाइलटले विमानबारेका केही कुरा यात्रुहरुलाई कहिल्यै पनि भन्दैनन् ।
खासमा विमान सञ्चालक एयरलाइन्सहरुले आफ्ना पाइलट तथा परिचारकहरुलाई केही नियम बनाएका हुन्छन् जुन नियम अनुसार उनीहरुले विमानका केही कुरा यात्रूहरुसँग भन्न पाउँदैनन् ।
खासमा यात्रुहरुको सुरक्षाको दृष्टिले नै यस्ता कुरा लुकाउने गरिएको हुन्छ । विमानको अवस्था देखि मौषमी अवस्था सम्म पाइलटहरुले यात्रुहरुसँग लुकाउने गर्छन् ।
पाइलटले यात्रुहरुलाई लुकाउने ७ कुराः
१. विमानमा उडिरहेको समयमा तपाइँले कहिल्यै पनि सुन्नु हुने छैन कि विमानको इन्जिनमा खरावी आयो । किन भने चालक तथा परिचारकहरुले विमानको इन्जिनमा समस्या आएको कुरा कहिल्यै पनि यात्रुहरुलाई शेयर गर्दनन् । यात्रुहरु अत्तालिएर कुनै कदम चाल्ने अवस्था नआओस् भनेर यस्तो गर्ने गरिएको हो । अधिकाँश विमानमा एउटा इन्जिन खराव भएपनि अर्को इन्जिनले विमानलाई गन्त्बयमा पुर्याउन सक्छ ।

२. विमान चालकहरुले विमानबाट केही कुरा पनि देखिएको छैन भनेपनि यो कुरा यात्रुहरुलाई थाहा दिँदैनन् । बरु अवतरण गर्न केही समस्या छ भन्ने जस्ता शब्दावली प्रयोग गरिन्छ ।

३. यदि विमानमा रहेका फ्लाइट एटेण्डेन्टहरुलाई बस्न निर्देशन दिइयो भने बुझ्नुस् कि विमानमा गड्बड छ । यद्यपी यात्रुहरुलाई विमानका के समस्या आएको हो भन्ने कुरा भनिँदैन ।

४. तपाइँलाई विमान यात्रा गरिरहेको समयमा हेडफोन हटाउन भनियो भने शतर्क हुनुस् । कुनै महत्वपूर्ण कुरा भन्नु परेमा हेडफोन झिक्न लगाएर भन्ने गरिन्छ ।

५. विमान कुनै आँधी तुफानमा पर्यो भने पनि विमान चालकले यात्रुहरुलाई यो कुरा बताउँदैनन् ।

पाइलटहरुले मौषम खराव छ भनेपनि के भैरहेको छ भन्ने कुरा यात्रुहरुसँग लुकाउँछन् ।
६. विमानमा चालक र परिचारकहरुले कुन सिट सबैभन्दा राम्रो हुन्छ भन्ने कुरा कहिल्यै पनि भन्दैनन् । यद्यपी विमानम अगाडीका सिट नै स्वच्छ हावा लिनका लागि उत्कृष्ट माानिन्छ ।

७. विमान अपहरणमा परे पनि यात्रुहरुले अन्तिम अवस्था सम्म यात्रुहरुलाई यो कुरा बताउँदैनन् । विमान अवतरण गरेपछि मात्र यात्रुहरुलाई यस्तो कुरा भन्ने गरिन्छ ।

पाइलटले विमानका यात्रुसँग सँधै लुकाउने ७ कुरा Reviewed by a on 10:11 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.