Top Ad unit 728 × 90

a
Ad Inside Post

पूर्व एसएसपीको होटलमा सञ्चालित क्यासिनोमा छापा


गैरकानुनी तरिकाले नेपाली छिरेको पाइएपछि मोरङ प्रहरीले पूर्व एसएसपी रेवतबहादुर थापाको यहाँस्थित रत्ना होटलको क्यासिनोमा आइतबार साँझ ५ बजे छापा मारेको छ । छापा मार्दा प्रहरीले सञ्चालकसहित दुई जना नेपालीलाई समातेको मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले बताए । 
पक्राउ पर्ने नेपालीमा कटहरी–५ रञ्जीत पोद्दार र विरानटगर–८ का रबिकुमार गोडी छन् । यसैगरी, क्यासिनोका म्यानेजर सर्लाही जिल्ला बरथवा–३ का शिवराज राई र सुपरभाइजर उमेश कार्की छन् ।
पोद्दारको साथबाट ९ सय रुपैयाँ र गोडीको साथबाट १२ हजार ८ सय २० रुपैयाँ बरामद भएको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक किशोर लम्सालले बताए । रत्नाको क्यासिनोमा नेपाली प्रवेश गर्ने गरेको गुनासोका आधारमा प्रहरी पुगेको थियो । 
‘क्यासिनोमा नेपाली छिर्न निषेध रहेकोमा गैरकानुनी तरिकाले छिरेपछि छापा मारिएको हो,’ भण्डारीले सेतोपाटीसँग भने, ‘थप अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेका सबैलाई जुवा ऐनअनुसार कारबाही हुने एसपी भण्डारीले बताए । 
प्रहरीका अनुसार रत्ना होटलमा सीएमजी क्लबद्धारा सञ्चालित मिनी क्यासिनोमा विगत लामो समयदेखि नेपाली छिर्ने गरेको गुनासो आउने गरेको थियो ।  तर क्यासिनोमा प्रहरीले छापा हानेको यो पहिलोपटक हो । 
प्रहरी स्रोतका अनुसार विराटनगर–१५ स्थित उक्त होटलले सञ्चालन गर्न दिएको उक्त क्यासिनोका प्रमुख सञ्चालक सांसद छन् । स्रोतका अनुसार विजयकुमार गच्छदारको पार्टी फोरम लोकतान्त्रिकका सांसद नरेन्द्र साहले क्यासिनो सञ्चालन गरिरहेका छन् । 
‘अनुसन्धानका क्रममा छौं, अहिले भन्न मिल्दैन,’ एसपी भण्डारीले भने, ‘कसले कसरी सञ्चालन गरिरहेको र त्यहाँ नेपालीलाई पहिलेदेखि छिराउने भन्ने कुरा पत्ता लगाएर सार्वजनिक गर्छौं ।’
पूर्व एसएसपीको होटलमा सञ्चालित क्यासिनोमा छापा Reviewed by Unknown on 9:19 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.