Top Ad unit 728 × 90

a
Ad Inside Post

भिषण हावाहुरीका कारण अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौँ, अपराह्न एक्कासी चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण बन्द गरिएको छ ।

उडान सुरक्षाका लागि विमानस्थलको सबै सेवा केही समयका लागि बन्द गरिएको विमानस्थलका माहाप्रबन्धक देवानन्द उपाध्यायले जानकारी दिनुभयो ।

हावाहुरीसँगै बाक्लो धुलो फैलिएकाले ‘भिजिबिलिटी’ कम हुँदा उडानमा असर परेको हो । मौसममा सुधार आएपछि विमानस्थलको सेवा पुनः सुरु गरिने विमानस्थलले जनाएको छ ।
हावाहुरीले उड्डयन मात्र नभई उपत्यकाको जनजीवन समेत केही प्रभावित भएको छ ।

धुलोसहितको आँधीले सर्वसाधरणलाई आवत–जावत र सवारी साधनलाई समेत कठिनाई भएको छ । रासस

भिषण हावाहुरीका कारण अन्तर्राष्ट्रिय विमानस्थल बन्द Reviewed by a on 8:22 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.