हावाहुरीले उपत्यकामा १० घाइते, त्रि–चन्द्र अगाडि गुडिरहेको मोटरसाइकल रुखले किच्यो
काठमाडौं–अकस्मात चलेको हावाहुरीका कारण उपत्यकामा ७ जना घाइते भएका छन् । प्रहरीका अनुसार काठमाण्डौ जिल्लामा ६ जना ललितपुर जिल्लामा १ जना र भक्तपुर जिल्लामा ३ जना गरि जम्मा १० जना घाइते भएका हुन् ।
त्रि–चन्द्र क्याम्पस अगाडिको रुख ढल्दा मोटरसाईकलमा सवार श्रीमानश्रीमती घाईते भएका छन् । हावाहुरीले अकस्मात रुख ढलेपछी ३० बर्षीय अंशु डंगोल र उनकी श्रीमती २५ बर्षिया जिना डंगोल घाईते भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रद्युम्न कार्कीले जानकारी दिए ।
डंगोल दम्पतीको विर अस्पतालमा उपचार भईरहेको छ ।
त्यस्तै स्वयंभु क्षेत्रमा दुईजना घाईते भएका छन् । महानगरीय प्रहरी वृत स्वयंभुका डिएसपी कोमल शाहले दिएको जानकारी अनुसार अग्लो ठाउँको इट्टा खसेर भावना बडु, र भागदौडका कारण विमला मगर घाईते भएकी छन् । कंचनपुर घर भएकी भावना राजधानीको बानेश्वर बस्दै आएकी थिइन् । त्यस्तै विमला मगर नागार्जुन नगरपालीका–४ को स्थायी बासिन्दा हुन् ।
यस्तै काँडाघारीमा ड्रम खस्दा एक ब्यक्ति घाईते भएको बताईएको छ । त्यस्तै भक्तपुरको बालकोट र सिपाडोलमा एक–एकजना घाईते भएका छन् । हुरीले उडाएको टिनले काट्दा बालकोटमा ४० बर्षिय गणेश खत्रि भाईते भएको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी किरण बज्रचार्यलका अनुसार सिपाडोलमा २३ बर्षिय प्रताप बस्नेत घाईते भएका छन् । त्यस्तै भक्तपुरका विभीन्न स्थानमा विद्युत्तको पोल ढलेको एसपी बज्राचार्यले जानकारी दिईन् ।
घट्नाको बिस्तृत बिवरण निम्न अनुसार रहेको छ :-
त्रिचन्द्र अगाडी मो.सा. बाट लडी बर्ष ३० को अंशु ढंगोल र बर्ष २५ की रजिना महर्जन घाईते भई उपचार भईरहेको
काडाघारी सनसिटी अगाडी वा २ ज ३४६ नं. को ट्याक्सीको सीसा फुटेको
स्वयम्भु स्तुपा छेउमा ईटाले लागी बर्ष ३५ की बिमला मगर र वर्ष २३ की भावना बडु घाईते भई उपचार भईरहेको
मध्ये बानेश्वर मो.सा. बाट लडी बर्ष २२ को निसान श्रेष्ठ र बर्ष २२ की सानु श्रेष्ठ घाईते भई उपचार भईरहेको
ललितपुर ठेचो बस्ने वर्ष २९ कि बिना श्रेष्ठ हात र खुट्टामा सामान्य चोट
सिपाडोल ८ बस्ने बर्ष २३ को प्रताप बस्नेत दाँया खुट्टा र तिघ्रा काटेको अवस्थामा उपचार भईरहेको
छालिउ बस्ने बर्ष ६५ को सानु प्रसाद बल घरको ढोकामा ठोकीएको बोल्न सक्ने भक्तपुर अस्पतालमा उपचार भइरहेको
भक्तपुर बस्ने बर्ष४० को गणेश खत्रि घाईते भई उपचार भईरहेको
Reviewed by a
on
8:29 AM
Rating:
No comments: