Top Ad unit 728 × 90

a
Ad Inside Post

चीन लैजान लागिएको प्राचिन मूर्तिसहित एक पक्राउ

चैत १५
कपिलवस्तु – कृष्णनगर प्रहरीले भारत बाट ल्याउदै गरेको बहुमुल्य प्राचिन मूर्ति सहित एकलाई पक्राउ गरेको छ । नेपाल–भारत सीमाना क्षेत्रमा विशेष सुराकीको आधारमा कृष्णनगर प्रहरीले बाग्लुङ्ग भीमदत्त नगरपालिका ९ बस्ने बाल कृष्ण जैसीलाई पक्राउ गरेको हो । प्रहरी निरिक्षक नमराज भट्टराईको नेतृत्वको टोलीले उनलाई घोडा आकृतिको अष्ठधातूको मुर्ति सहित पक्राउ गरेका थिए ।

दिल्लीबाट ल्याइएको उक्त मुर्ती काठमाण्डौ लैजाने क्रममा जैसीलाई बसबाटै कृष्णनगर बसपार्कमै नियन्णत्रमा लिइएको थियो । ११ किलो ३ सय ग्राम तौल रहेको मुर्ति अष्ठधातु जस्तो रहेको र निकै पुरानो देखिने प्रहरी निरिक्षक भट्टराईले जानकारी दिए । पक्राउ परेका जैसीलाइ मुर्ति सहीत आवश्यक कारबाहीका लागि पुरातत्व बिभाग पठाईएको छ ।

पुरातत्व विभागको प्राचिन वस्तु संरक्षण ऐन २०१३ मा एक सय बर्ष नाघेका पुराना वस्तुहरुको खरिद विक्री तथा ओसारपसार गर्न नपाइने प्रावधान भएकाले जैसीलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक विष्णु कुमार केसीले जानकारी दिए । पक्राउ मूर्ति काठमाण्डौ हुदै चीन लैजानको लागि जैसीलाई ५० हजार दिई पठाएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । Ratopati बाट

चीन लैजान लागिएको प्राचिन मूर्तिसहित एक पक्राउ Reviewed by a on 8:35 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.