Top Ad unit 728 × 90

a
Ad Inside Post

नेपाली कांग्रेसका नवनिर्वाचित कोषाध्यक्ष सीतादेवी यादवले मधेसको माग सम्बोधन गर्न पहल गर्ने बताएकी छन् ।

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित कोषाध्यक्ष सीतादेवी यादवले मधेसको माग सम्बोधन गर्न पहल गर्ने बताएकी छन् ।

निवर्तमान कोषाध्यक्ष चित्रलेखा यादवलाई ८ मतले पराजित गर्दै ६० वर्षीया यादव कोषाध्यक्षमा निर्वाचित भएकी हुन् । कोषाध्यक्षमा निर्वाचित भएपछि यादवले आफूले पाएको मत सहिदको सम्मान भएको बताएकी छन् ।

उनका पती कांग्रेसका तत्कालीन सिराहा सभापति चन्द्र नारायण यादवलाई सशस्त्र द्वन्द्वकालमा माओवादीले गोली हानेर हत्या गरेका थिए ।

नवनिर्वाचित कोषाध्यक्ष यादवले संविधानलाई लिएर तराई मधेसमा देखिएको असन्तुष्टि सम्बोधन गर्न पहल गर्ने बताइन् । उनले भनिन्, ‘जसरी भएपनि मधेसको माग पुरा गर्छु ।’

पार्टीमा आर्थिक पारदर्शीता महत्वपूर्ण हुने भन्दै उनले त्यसमा आफूले काम गर्ने बताएकी छन् ।


नेपाली कांग्रेसका नवनिर्वाचित कोषाध्यक्ष सीतादेवी यादवले मधेसको माग सम्बोधन गर्न पहल गर्ने बताएकी छन् । Reviewed by Unknown on 12:52 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.