Top Ad unit 728 × 90

a
Ad Inside Post

मनिषाले नेपाली चलचित्र बनाउने ।

बलिउडमा कुनै बेला चम्किएकी थिइन्, नायिका मनिषा कोइराला । नेपाली चलचित्र ‘फेरि भेटौला’मा काम गरेपछि एकाएक बलिउड पुगेकी मनिषा चर्चामा आइन् । लामो समयपछि ‘धर्मा’ नामक नेपाली चलचित्रमा काम गरेकी मनिषा यसपछि फेरि हराइन् । अब उनै नायिकाले नेपालको विषयमा अन्तरराष्ट्रिय स्तरको चलचित्र बनाउने भएकी छिन् ।

आफ्नै हजुरआमाको नाममा स्थापना भएको सुशिला आट्स एकेडमीले आयोजना गरेको कार्यक्रममा सहभागी मनिषाले चलचित्रको स्त्रिmप्ट फाइनल भैसकेको जानकारी दिँदै चाडै चलचित्रका अन्य विषयमा जानकारी गराउने बताइन् । यो चलचित्र अंग्रेजी र नेपाली भाषामा हुने भएको छ ।

पाठेघरको क्यान्सरवाट पीडित मनिषाले क्यान्सर निको भएपछि पूर्नजीवन पाएको बताउँदै आएकी छिन् । केही समय नेपाल बसेकी मनिषा अहिले पुन मुम्बइमै सक्रिय छिन् । मुम्बइमा चलचित्र निर्माण र अभिनयमा फर्किएकी मनिषाले अब चलचित्र निर्माणमै केन्दि्रत हुने योजना बनाएकी छिन् ।


मनिषाले नेपाली चलचित्र बनाउने । Reviewed by Unknown on 1:00 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.