Top Ad unit 728 × 90

a
Ad Inside Post

उडुसले सताएको छ ? जानिराख्नुहोस् छुटकारा पाउने उपायहरु

जस्ता विषालु कीराको बारेमा सोच्दा मात्र पनि कतिपयलाई राति निद्रा नै पर्दैन। उडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुने गर्छ। उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई खोजेर निर्मूल पार्न एकदमै कठिन हुन्छ।

एउटा माउ उडुसले आफ्नो जीवन कालभर ५ सय अण्डा पार्छ। ती अण्डाबाट निस्कने बच्चाले पछि फेरि अण्डा निष्कासन गर्छ। यसरी प्रत्येक पिढीमा तिनको सङ्ख्या बढ्दै जान्छ र यिनीहरू झुण्ड हुँदै पूरै घरभरि फैलन्छन् । त्यसैले, तिनको रोकथाममा जति ढिलाइ गर्यो, त्यति नै प्रकोप बढ्छ र नियन्त्रण गर्न पनि कठिन हुन्छ। उडुसलाई निर्मुल पार्न यसकारणले पनि कठिन छ कि, यिनीहरू नखाएर पनि लामो समयसम्म बाँच्न सक्छन्।

उडुस नियन्त्रणमा सघाउने केही घरेलु विधिहरु :
पुदिना : उडुसले पुदिनाको गन्ध सहन सक्दैन। त्यसैले, पुदानाका केही पात आफ्नो ओछ्यानको नजिक राख्नुहोस्। यदि तपाईंको घरमा साना बच्चा छन् भने उनीहरू सुत्ने ठाउँमा पनि पुदिनाका पात राखिदिनुहोस्। सुत्ने बेला तपाईं पुदिनाका पात पिसेर आफ्नो शरीरमा दल्न पनि सक्नुहुन्छ। यसो गर्दा उडुसको टोकाइबाट बच्न सकिन्छ।
कायेन पेपर रातो खुर्सानी : रातो खुसार्नीको गन्धले पनि उडुसहरू छिटो भाग्छन्।

तपाईंले रातो खुर्सानीको धूलो बनाएर उडुस भएको ठाउँमा स्प्रे पनि गर्न सक्नुहुन्छ। यसो गर्नाले उडुस निष्क्रिय हुने गर्छन्।
लेवेण्डर : उडुसले लेवेडरको गन्ध सहन गर्न सक्दैन। त्यसैले, तपाईं लेवेण्डरको पात उडुस भएको कपडामा दल्न सक्नुहुन्छ । लेवेडरको पफ्र्युम स्प्रे गर्नाले पनि तिनको प्रकोपबाट बच्न सकिन्छ।
रोजमेरी : उडुस रोजमेरीको गन्धले पनि भाग्छ। तिनको नियन्त्रणका लागि तपाईं रोजमेरीको स्प्रे बनाएर पनि सम्भाव्य ठाउँहरूमा छर्कन सक्नुहुन्छ। राति यो विधिको प्रयोग गरी ढुक्कसँग निदाउनुहोस्।
नीलगिरी : नीलगिरीमा औषधीय गुण हुनुका साथै उडुस मार्ने क्षमता पनि हुन्छ । तपाईं यसको केही थोपा उडुस भएको ठाउँमा छर्कन सक्नुहुन्छ।

साथै, नीलगिरीको तेल, रोजमेरी तथा लेवेण्डरको स्प्रे बनाई छर्किएर पनि उडुसबाट छुटकारा पाउन सकिन्छ।
बिनका पात : बिनका पात पहिलेदेखि नै उडुस मार्न प्रयोग हुँदै आएको पाइन्छ। तर, हामीलाई यसको चमत्कारी गुणहरूबारे भने कमै मात्र थाहा छ। हालै गरिएको एक अध्ययनले बिनका पातले उडुस मार्ने प्रमाणित गरेको छ। तपाईं पनि तिनका पात तथा रसको प्रयोग गरी उडुस निर्मूल पार्न सक्नुहुन्छ।

टी ट्री स्प्रे : टी ट्रीको तेल एण्टी माइक्रोबियलको रूपमा परिचित छ। उडुसबाट छुटकारा पाउन पनि यो उत्तिकै उपयोगी छ। यसको प्रयोगका लागि टी ट्रीको तेलको एउटा ठूलो सिसी खरीद गर्नुहोस्। यसमा अलिकति पानी मिसाएर केही पातलो बनाउनुहोस्। अब यसलाई स्प्रे बोतलमा भरेर भित्ता, पलङ, दराज, फर्निचर, डसना, कपडालगायत सामग्रीमा छर्कनुहोस्। यसलाई एक हप्ता लगातार छर्कनाले तपाईं सधैंभरका लागि उडुसबाट छुटकारा पाउन सक्नुहुनेछ।

नीमको तेल : नीमको तेल उत्तर भारतमा पाइने नीमबाट निकालिन्छ। यसमा धेरै एण्टी माइक्रोबियल गुण हुन्छन्। कीराहरू टाढा राख्न यसको प्रयोग गरिन्छ। नीमको तेल औषधि पसलमा पाइन्छ । यसको प्रयोग उडुस भएको ठाउँ तथा घरको सबै भागमा छर्केर गर्न सकिन्छ। साथै, साबुनमा यसलाई मिसाएर कपडा धुने गर्नाले यसको गन्धले उडुस टाढा भाग्छ।

थाइम अजवाइनको फूलस्थाइम इटलीको एक लोकप्रिय बुटी हो, जसको प्रयोग खानामा स्वाद बढाउन गरिन्छ। थाइमले उडुसलाई सीधा असर त गर्दैन, तर यसको गन्ध उडुसले सहन गर्न सक्दैन । यसको गन्धले उडुसहरू लुकेको ठाउँबाट निस्कन्छन्। थाइमका पात जालीदार ब्यागमा राखेर उडुस भएको ठाउँमा राखिदिनुहोस् । हरेक ३ दिनमा ब्यागका पात निकालेर ताजा पात राख्नुहोस् । यसो गर्नाले तपाईं उडुसको तनावबाट मुक्त हुन सक्नुहुन्छ।

स्वीट फ्लेग : स्वीट फ्लेगलाई कलामस पनि भनिन्छ। यसको प्रयोग रसायनमा आधारित कीटनाशक बनाउन गरिन्छ। यसमा एण्टी माइक्रोबियल गुण हुन्छ, जसको कारणले उडुसजस्ता परजीवी भगाउँछ। यसबाट बनेको हर्बल कीटनाशक तपाईं किचेन गार्डेनसम्बन्धी पसलमा पाउन सक्नुहुन्छ। स्वीट फ्लेगको पाउडर ल्याएर त्यसको प्याकेटमा लेखिएको निर्देशनअनुसार त्यसको घोल बनाउनुहोस्। त्यस घोललाई आफ्नो घरको कुनाकुना (उडुस भएको ठाउँ)मा छर्कनुहोस्। उडुस भगाउन यो विधि पनि निकै प्रभावकारी मानिएको छ।

उडुसले सताएको छ ? जानिराख्नुहोस् छुटकारा पाउने उपायहरु Reviewed by a on 3:21 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.