Top Ad unit 728 × 90

a
Ad Inside Post

तेश्रो विश्व युद्ध भैहाल्यो भने के के सम्म हुन सक्छ ? (फोटो फिचर)

एजेन्सी / टर्कीले रुसको सैनिक विमान गोली हानेर खसालेपछि रुस र नेटो राष्ट्र आमने सामने भएका छन् । उनीहरुको तनावले अव विश्वमा तेश्रो विश्व युद्धको बादल मडारिएको कतिपयको भनाइ छ ।

रुसी सैनिक विश्लेषक पाभेल फेल्गेनहाउरले अव विश्वमा परमाणु यद्धको सम्भावना बढेको बताएका छन् । नेटोको मुख्य नेतृत्वकर्ता अमेरिका र त्यसको मुख्य प्रतिद्वन्दी संसारमै सबैभन्दा धेरै आणविक हतियार छन् । रुससँग ७७०० भन्दा बढी आणविक हतियार सक्रय छन् भने ४५०० भण्डारमा छन् । त्यस्तै रुसले क्षेप्यास्त्र र अवाइ अखडामा गरेर १९४८ तैनाथ गरेको छ ।
साँच्चिकै विश्व युद्ध भयो भने के के हुन सक्छ ?

१. ४ मिनेटको चेतावनी पाइने छैन
परमाणु हतियारको आक्रमणबारे जानकारी दिने प्रणाली १९९२ मा नै अन्त्य भैसकेको छ । नयाँ नयाँ प्रविधीले परमाणु हतियारको विकाशसँगै त्यसको प्रतिरक्षा प्रणाली समेत विकाश भएका छन् ।

२. एसएमएसबाट पाइनेछ जानकारी
अहिले बजारमा रहेका अधिकाँश अत्याधुनिक स्मार्ट फोनमा आणविक हतियारको आक्रमण हुन सक्ने जानकारी दिने प्रणाली समेत छ । खासगरी एप्पलको आइफोनको पछिल्लो संस्करणमा यो प्रणाली चर्चित छ ।
यसले आणविक आक्रमणको जानकारी एसएमएसबाट दिन्छ । पश्चिमा सरकारहरुले पनि आफ्ना नागरिकहरुलाई एसएमएसबाटै यस्तो जानकारी प्रणाली विकाश गरिसकेका छन् ।

३. खासै समय हुने छैन
अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रलाई रोक्न सक्ने कुनै पनि प्रविधी बनेको छैन । तर यस्ता पूर्व जानकारीले हामीलाई घर भित्र पस्न सक्ने समय सम्म दिनेछन्
रसियाको अत्याधुनिक यूद्धपोत

४. बमको नजिक भए कुनै उपाय हुने छैन
जापानको हिरोसिमामा अमेरिकाले खसालेको आणविक बम नजिकैबाट हेरेकाहरु त्यतिकै बिलाएका थिए । उनीहरुको कुनै अंश समेत फेला परेन । बम हानिएको मुख्य स्थान वरपर धेरै टाढा सम्म पनि कुनै मानिसको अवशेष फेला परेको थिएन । अहिले रुस र अमेरिकासँग त्यो भन्दा धेरै गुना शक्तिशाली बम तयारी अवस्थामा छन् ।

५. हाइड्रोजन बमले पुरै शहर खाइदिन सक्छ
अहिले अमेरिका र रुसको भण्डारमा रहेका हइड्रोजन बमले संसारका ठूला ठूला शहरलाई एकै सेकेण्डमा भग्नावशेषमा परिणत गरिदिन सक्छन् । हिरोसिमा र नागासाकीमा खसालेको बमले उत्पन्न गरेको रेडियो विकिरणले कम्तिमा ६ करोड मानिस मारिएका थिए । यो भन्दा भयानक हुने हाइड्रोजन बमले यस्ता करोडौं मानिसलाई खरानी बनाउन सक्छन् ।

६. ठूला स्तरका आणविक युद्धले संसार नै केही मिनेटमा खरानी बनाउन सक्छ
अमेरिका र रुससँग रहेका सबैभन्दा शक्तिशाली आणविक बमहरुको प्रयोग भएर संसारभरी युद्ध शुरु भएमा केही मिनेटमै संसार खरानीमा परिणत हुन सक्छ । अमेरिकाले यस अघि गरिसकेको हाइड्रोजन फ्यूजनको परीक्षणले केही समयमा संसारभरी पुग्ने क्षति पुर्याउन सकिने बम समेत तयारी अवस्थामा रहेको देखाएको छ ।
१९७९ मा अमेरिकी कांग्रेसको प्रविधी कार्यालयले प्रकाशित गरेको ‘दि इफेक्ट्स अफ वार’ अर्थात ‘युद्धका प्रभाव’ एक रिपोर्टमा आणविक युद्ध शुरु भएमा हुने अवस्थाको चित्रण गरिएको थियो ।

यस्तो युद्धले बमबाट बँचे पनि दशौं लाख मानिस रेडियो विकिरणका लागि क्यान्सरबाट मर्ने उल्लेख छ । यस्तो युद्धको शुरुवातमा बाँचे पनि ८० प्रतिशत अमेरिकीहरु यस्तो प्रभावले नै मर्ने समेत उक्त रिपोर्टको भनाइ छ ।

७. युद्धको पहिलो प्रभाव खराव हुनेछैन तर….
दोश्रो विश्व युद्धको अन्त्य तिर हिरोसिमामा खसालिएको अमेरिकन बम लिटर ब्याइले शुरुमा ८० हजार मानिस मारेको थियो । तर त्यसै वर्षको अन्त्य सम्ममा मर्ने मानिसको संख्या १ लाख ६६ हजार पुगेको थियो ।

८. पर्यावरणमा शताब्दियौं सम्म पनि असर रहने छ
कुनै प्रकारको भयानक युद्धले संसारको अन्त्य नै हुने अवस्था आयो भने त्यसको असर भएका सबै कुराको अन्त्य मात्र होइन शताब्दियौं सम्म पृथ्वीमा यसको असर रहने छ ।

बमले उत्पन्न गर्ने कार्वनले पृथ्वीको तापक्रम ह्वात्तै घटाउने छ भने वर्षाको प्रकृति नै फरक हुने छ । यो रिपोर्ट बेलायती पत्रिका मिररको सामग्रीमा आधारित रहेर तयार गरिएको हो । बिभिन्न अनलाइनहरूबाट साभार

तेश्रो विश्व युद्ध भैहाल्यो भने के के सम्म हुन सक्छ ? (फोटो फिचर) Reviewed by a on 3:27 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.