विमान अपहरणकारी पक्राउ- साइप्रस सरकारका प्रवक्ता
१६ चैत, एजेन्सी ।
साइप्रस सरकारले इजिप्टको विमान अपहरण गरेर साइप्रस पुर्याउने ब्यक्ति पक्राउ परेको जानकारी दिएका छन् ।
उनी पक्राउ परेसँगै विमान अपहरण काण्ड पनि समाप्त भएको छ ।
केही बेर अघि मात्र विमानका अपहरणकर्ताले आफ्नो शरीरमा आत्मघाती भेष्ट लगाएको तस्विर सार्वजनिक भएको थियो । इजिप्टबाट अपहरण गरि साइप्रस पुर्याइएको इिजप्ट एयरलाइन्सको एमएस 181 विमानका अपरहणकारीले शरीरमा बम जस्तो देखिने सुसाइड भेष्ट लगाएका तस्विर अन्तराष्ट्रिय सञ्चार माध्यमले सार्वजनिक गरेका थिए ।
शरीरमा आत्मघाती भेष्ट लगाएका पहरणकारीले ब्यक्तिगत माग राखेपछि साइप्रसका सुरक्षा अधिकारीहरु चकित परेको अन्तराष्ट्रिय सञ्चार माध्मयले जनाएका छन् ।nepaliheadlines
विमान अपहरणकारी पक्राउ- साइप्रस सरकारका प्रवक्ता
Reviewed by a
on
6:12 AM
Rating:
Reviewed by a
on
6:12 AM
Rating:
No comments: