विश्व फुटबललाई छक्क पार्दै लियोनेल मेसी रियल म्याड्रिडमा
काठमाडौं । विश्वचर्चित खेलाडी एवं पाँच पटकका विश्वका उत्कृष्ट फुटबलर लियोनेल मेसी कीर्तिमानी रकममा बार्सिलोना छाडेर रियल म्याड्रिडमा जाने भएका छन् ।
यसै सिजनको अन्त्यमा मेसी ५०० मिलियन युरोमा ५ वर्षका लागि रियलसँग अनुबन्ध हुने भएका हुन् ।
उक्त तयारीको आगामी शनिबार हुने यी दुई टिमबीचको एल क्लासिको भिडन्त अघि रियलको मैदान सान्टिएगो बर्नबाउमा घोषणा गरिनेछ । मेसी १३ वर्षको उमेरमा बार्सिलोनामा आएका थिए । मेसीले आफू बेचिनुको पछाडि आर्थिक खेल रहेको पनि बताए ।
मेसी रियल आउने भएपछि क्रिश्चियानो रोनाल्डोले पनि खुशी व्यक्त गरेका छन् । रियलको आधिकारिक विज्ञप्तीमा रोनाल्डोले अब रियलको फिनिसिङ लाइन सुधार हुने बताएको उल्लेख छ ।
तर, गोल डटकमलले यो समाचार अप्रिल फूलको बाइ लाइनमा लेखेको छ ।
विश्व फुटबललाई छक्क पार्दै लियोनेल मेसी रियल म्याड्रिडमा
Reviewed by a
on
11:13 AM
Rating:
Reviewed by a
on
11:13 AM
Rating:
No comments: